पदम जोरा,जोगबुडा
नेपाल शिक्षक संघ परशुरामले संघको तेस्रो र चौथो अधिवेसनको अवसरमा संघमा आवद्व दुई जना निवृत शिक्षकलाई सम्मान गरेको छ । लामो समय शिक्षण पेसामा रहेर शैक्षिक क्षेत्रमा पुगाएको अतुलनीय सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै दुई शिक्षक लाई सम्मान गरीएको शिक्षक परशुरामका सचिव प्रेम सिंह ठगुन्नाले गाउँघरअनलाई लाई जानकारी दिए ।
निवृत दुवै जना शिक्षक नेपाली कांग्रेसको सुभेच्छुक संस्था शिक्षक संघमा आवद्व हुन ।
संघलाई मजबुद पार्नका साथै शिक्षण शिक्षकहरुको ठूलो योगदान रहेको शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहराले जानकारी दिए । भएको छ ।
संघको तेस्रो र चौथो अधिवेसनको अवसरमा लामो समय शिक्षण पेसामा आवद्व शिक्षक तीर्थराज अवस्थी र शिषक भानुभक्त पाण्डेलाई सम्मान पत्र र दोसल्ला सहित प्रमुख अतिथी तथा परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँद र शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहराले सम्मान गरेका हुन ।
नेपाल शिक्षक संघ परशुरामका अध्यक्ष करबीर सिंह बोहराको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमु्ख एबम् कांग्रेस महाधीबेसन प्रतिनिधी भिमवहादुर साउँदको प्रमुख आतिथ्यतामा शिक्षक संघ परशुरामको तेस्रो र चौथो अधिबेसन जोगुबडामा सम्पन्न भएको हो ।
तेस्रो अधिबेसन गत वर्ष कोरोना कहरका कारण हुनु पर्नेमा एकै दिन न हुन सकेको शिक्षक संघ परशुरामका सचिव प्रेम ठगुन्नाले जानकारी दिए ।
शिक्षक पेसा र संगठनले शिक्षकको हक हित र परशुरामको शैक्षिक सुधारमा लाग्नुपर्ने परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले बताए ।
