ललिता साउँद,जोगबुडा
रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्ज जोगबुडाले आफ्नो स्थापनाको चांैथो वार्षिकोत्सव समारोह सुक्रवार भव्यताका साथ मनाएको छ ।
वि.स.२०७३ साल फागुन ७ गते वाट परिक्षण प्रसारण सुरु गरेको रेडियोले पाचांै बर्षमा प्रबेश गरेको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाई मन्त्री नारायण प्रकास (एनपी) साउँदले गरेकाछन ।
डडेल्धुरा जिल्लाको ठूलो भुगोलक्षेत्र, विकटबस्ती, सदरमुकाम र बाह्यि जिल्लाका एफ.एम.रेडियोको पहुच नरहेको अवस्थालाई मध्यनजर गरी भित्री मेधेष क्षेत्रका सामाजिक अगुवा, समाजसेबी, बुद्विजिवी, शिक्षाप्रेमी, संचारकर्मीहरको पहलमा परशुराम सुचना तथा सञ्चार सहकारी संस्था.लि.परशुराम–१२ जोगबुडा द्वारा संचालित रेडियो परशुराम एफ.एम.९१.२ मेगाहज वि.स.२०७३ सालमा स्थापना भएको रेडियो परशुराम एफ.एम.का संस्थापक अध्यक्ष दल बहादुर साउँदले जानकारी दिए ।
बहुमुखी उदेश्य सहित सहकारी दर्ता भएको र सहकारीद्वारा एफ.एम.रेडियो मात्र हाल संचालनमा रहेको सल्लाहकार समिती संयोजक कैलाशकुमार पाण्डेयले वताए ।
रेडियो परशुराम एफ.एम.ल आफ्नो स्थापनाका ४ वर्ष कयौन, समस्या, चुनौतीलाई चिर्दै सूदुरपश्चिम प्रदेशका पाडी र तराईका जिल्ला संगै मित्र राष्ट्र भारतको टनकपुर, चम्फावत र अनलाईनका माध्यमवाट विश्वभर सूचना, सन्देश र मनोरञ्जनमा अग्रणी भुमीका खेली रहेको रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्ज जोगबुडाका स्टेशन म्यानेजर पदम जोराले वताए ।
चौंथो बार्षिकोउत्सब समारोहको अबसरमा रेडियो परशुराम एफ.एम.ले शिक्षा, स्वास्थ्य, कृषि समाजको विकृती, विसंगती रडीवादी, अन्दविश्वास हटाउने र जनातलाई सचेतना दिनेकार्यमा महत्वपुर्ण भुमीका खेलेको सल्लाहकार समिती सदस्य एबम् नेकपाका नेता शेर सिंह माल (डायमण्ड)ले बताए ।
रेडियो परशुराम एफ.एम.९१.२ मेघाहर्जले वार्षिकोत्सव समारोहको अवसरमा आफ्ना नियमति श्रोता, उत्कृष्ठ श्रोता, विज्ञापनदाता, उद्योगी व्यपारी, सरकारी तथा गैरसकारी संघ संस्था, १०५ वर्षिय शताव्दी पुरुष लाई जेष्ठनागरीक सम्मान गरेको अध्यक्ष दल बहादुर साउँदले जानकारी दिए ।
बिद्यार्थीहरुको कितावी र वाह्यि ज्ञानका लागि मा.बि. स्तरीय (कक्षा९–१०) हाजीरीजवाफ प्रतियोगिता र स्तथानीय डोट्याली कला संस्कृति जर्गेना गर्ने उदेश्यका साथ समुहगत महिला देउडा प्रतियोगिता समेत रेडियोले आयेजना गरेक अध्यक्ष साउँदले गाउँघरन्यूजलाई जानकारी दिए ।
चौंथो वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् प्रमुख अतिथी एनपी साउँदले परशुराम तीर्थको नामवाट नामांकित परशुराम एफ.एम.परशुराम ऋषि झै बलियो र शसक्त बनोस भन्दै सुभकामना व्यक्त गरे ।
‘साउँदले भने वर्तमान सरकारले पटक–पटक संचारकर्मीहरुलाई अंकुश लगाउने गरेको प्रति आफ्नो पार्टीको आपत्ति रहेको छ , नेपाली कांग्रेस स्वतन्त्रता, लोकतन्त्र, प्रजातन्त्रको रक्षा गर्छ । संचारकर्मीले स्वतन्त्र पुर्वक वोल्न र कलम चलाउनु पाउनु पर्छ ।
कार्यक्रमका बिशिष्ठ अतिथीहरुमा सुदुरपश्चिम प्रदेशका सांसद तथा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सचेतक, गोविन्दराज वोहरा, ,संविधानसभा सदस्य नरभानकामी, जिल्ला समन्वय समिती संयोजक गणेश राज भट्ट, उप–संयोजक रत्नाकामी, काग्रेस डडेल्धुराका पुर्व जिल्ला सभापति रघुवर भट्ट,नेबिसंघ निवर्तमान केन्द्रीय अध्यक्ष नैन सिंह महर, विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष तथा रुडुक काठमाण्डौका महा–सचिव ज्योत्सना साउँद, परशुराम नगरपालिकाका नगर उप–प्रमुख कलावती देबी बोहरा, मेलौली नगरपालिकाका नगर उप–प्रमुख राधा ओझा, ट्रेड युनीयन कांग्रेस सूदुरपश्चिम प्रदेश उपाध्यक्ष चक्र बहादुर महर, प्रेसयुनीयन केन्द्रीय सदस्य हरिश भट्ट, लगायत श्रोता बिज्ञापन दाता,उद्योगी व्यापारीहरुको सभागितामा परशुराम १२ स्थित रंग मैदानमा चौथो बार्षिकोत्सव सम्पन्न भएको रेडियो परशुराम एफ.एम.का स्टेशन म्यानेजर पदम जोराले बताए ।
रेडियो परशुरामले पाचौं वर्षमा प्रवेश संगै नयाँ समय सापेक्षा जनमुखी, फरक शेलीका कार्यक्रम नायँ ढंगवाट संचालन गर्ने म्यानेजर जोराले वताए ।
बढ्दो प्रबिधी संग रेडियोले पनि विकास , समृद्वि र सुसाशनका क्षेत्रमा आवाज वुलन्द पार्न कोशेढुङ्गा सावित होस भन्दै समारोहका अतिथी, बिशिष्ठ अतिथी,अतिथीहरुले सुभकामना दिएका छन ।
परशुराम रेडियो देशैकै नमुना सामुदायिक रेडियो बनाउनमा आफुहरु प्रतिबद्व रहेको वक्ताहरुले वताएकाछन ।
ललिता साउँद रेडियो परशुराम एफ.एमकी समाचार प्रमुख र गाउँघर अनलाईनकी रिर्पोटर हुन ।
