आलिताल गाउँपालिकाद्वारा प्रहरीलाई मोटरसाईकल : अध्यक्ष गुरुङ

पदम जोरा , आलिताल


डडेल्धुराको आलिताल गाउँपालिकाले प्रहरीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । गाउँपालिका भित्रको शान्ती सुरक्षामा टेवा पुगाउन प्रहरीलाई १ थान मोटरसाईकल हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले वताए ।


बिहीवार एक कार्यक्रमका साथ आलिताल प्रहरीलाई एक थान मोटरसाईकल हस्तान्तरण गरीएको अध्यक्ष गुरुङले गाउँघरन्यूजलाई जानकारी दिए ।
गाउँपालिकाको करिब तिन लाख रुपैया आर्थिक सहयोगमा मोटरसाईकल प्रहरीलाई हस्तान्तरण गरीएको प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर ऐडीले जानकारी दिए ।
गाउँपालिका भित्रको शान्ती सुरक्षामा सहज पार्न र बिभिन्न खाले अपराधिक घटनालाई निरुत्साहित पार्नका लागि प्रहरीलाई घटनास्थल अर्थात सम्बन्धित ठाउँमा पुग्न सहज होस भन्ने उदेश्यले वाईक हस्तान्तरण गरीएको अधिकृत ऐडीले जानकारी दिए ।
गाउँपालिकाको शान्ती सुरक्षा छिटोछरीतो ,प्रभावकारी र थप मजवुद पार्नका लागि गाउँपालिका भित्रको उपयुक्त स्थानमा अस्थायी चेकपोष्ट समेत स्थापना गरीने अध्यक्ष गुरुङको भनाईछ ।
गाउँ कार्यपालिकामा निर्णय भई सकेको छ, छिट्टै अस्थायी चेकपोस्ट स्थापना हुन्छ ‘अध्यक्ष गुरुङले वताए ।
पछिल्लो समय संचारका साधनहरु मोवाईल फोनको, सामाजिक सञ्जालको चरम दुरुपयोग र अव्यवस्थीत मदिराका कारण गाउँ,बस्ती, समाजमा अपराधिक घटनाहरु घट्ने गरेका छन । यि यस्ता घटनाहरु निरुत्साहित पार्नका लागि गाउँपालिकाले कुनै कसर वाकी नराख्ने समेत अध्यक्ष गुरुङको भनाई रहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.