बैतडीमा १७ बर्षिय किशोरी भागरथी भट्टको मृत्यु,अनुसन्धान जारी

लक्ष्मण पार्की,बैतडी


बैतडीको दोगडा केदार गाउँपालिकामा विद्यालयवाट घर फर्किदै गरेकी छात्रा भागरथी भट्टको मृत्यु भएको घटनाको प्रहरीले अनुसन्धान तिब्र पारेको छ । मृतक भेटीएको घटनास्थल प्रहरीले सिल गरी थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर ल्याई अनुसन्धान भई रहेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले वताए ।
धनगढीवाट तालिम प्राप्त कुकुर बिहीबार राति नै ल्याइएको छ, अधिकरीले वताए
दोगडा केदार गाउँपालिकाको सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत स्थानीय चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहीबार लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिईन् । बुधबार विद्यालय गएकी छोरी घर नर्फकिय पछि घर–परिवार र आफन्तले खोजी गरेका थिए । बिहीबार साँझ मृतक भागरथीको शव स्थानीयले लवलेक सामुदायिक वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

bb

Leave A Reply

Your email address will not be published.