पदम जोरा
डडेल्धुराको परशुराम नगरपालिकाका नगर–प्रमुख भीमबहादुर साउँदले परशुरामका विद्युत नपुगेका दुर्गम वडाका बस्तीहरुलाई प्राथमिकताका आधारमा विद्युत लाईन विस्तार गरिने बताएका छन् ।
माघ २२ गते (बुधवार) नेपाल विधुुत प्राधिकरण डडेल्धुराका कार्यालय प्रमुख राम दिनेशराय यादव सँग सो विषयमा बिशेस छलफल भएको साउँदले गाउँघरन्यूज अनलाईन लाई बताए ।
सोही छलफलमा नगरपालिकाका १२ वटै वडाका बिधुत सेवा नपुगेका टोल बस्ती लाई प्राथमिकता दिई विधुतसेवा बिस्तार हुन्छ ‘मेयर साउँदको भने ।
चालु आर्थिक वर्ष भित्रमा प्राथमिकरणका अधारमा बिधुती सेवालाई विस्तार गर्न सर्वे गरि टेण्डर प्रक्रिया अगाडि बढाईने गरी नगर प्रमुख र डडेल्धुरा वितरण केन्द्रका प्रमुख विच प्रतिबद्वता भएको हो ।
यसै आर्थिक वर्ष देखि समस्या पहिचान गरि समाधान गर्दै लैजाने र नगरभित्रका सबै वडाहरुम विद्युतीकरण गर्ने योजना नगरपालिकाको रहेको नगर–प्रमुख साउँदले वताए ।
२०७७ फागुन देखि सिंगल फेज लाईनका लागि सेवाग्राहीहरुलाई आवश्यक पर्ने मिटर उपलब्ध वितरण साखा कटाल वाट गर्न समेत कार्यालय प्रमुखले साखा प्रमुखलाई दिर्नेशन समेत दिइएका छन
मिटर जडान गर्ने ग्रहाकले मिटर ल्याउनका लागि सदरमुकाम धाउने समस्या टरेको छ । जिल्लाका सबै क्षेत्रमा बिधुत बिस्तार गर्ने लक्ष्य लिएको छु सबै क्षेत्रवाट सहयोगको अपेक्षा गर्दछु ।
‘प्रमुख यादवले भने । परशुराम नगरपालिकाको विद्युत समस्यालाई बुझ्न जोगबुडा पुगेका हौं यहाँको समस्या र गुनासालाई सम्वोधन गर्ने मेरो मुख्य उदेश्य हो ।
डडेल्धुरामा बिधुतसेवा प्रभकारी वनाईन्छ यो मेरो प्रतिबद्वता हो यादवले थपे ।
