पदम जोरा,भागेश्वर
डडेल्धुराको भागेश्वर गाउँपालिकाले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता विवरण संकलन सिबीर सुरु गरेको छ ।
५ वडा रहेको गाउँपालिकाले १, २, ३ र ५ मा पहिलो चरणमा विवरण संकलन सुरु गरेको गाउँपालिकाका सुचना अधिकृत मात्रिका प्रशाद भट्टले गाउँघरन्यूज लाई जानकारी दिए । माघ १७ गते देखी पहिलो चरणमा वडा.न १,२ र ५ को वडा कार्यालयम र वडा न. ३ गोविन्दपुरी मा.बि. लामीकाण्डे र वडा कार्यालय गरी दुई स्थानमा सीबीर संचालनमा रहेको भट्टले वताए
नेपाल सरकार पञ्जीकरण विभागवाट राष्ट्रिय परिचय–पत्र वितरण हुने भएकाले सप्टवयर(अनलाईन) प्रणालीमा नामदर्ता सिबीर सुरु गरीएकोे गाउँपालिका अध्यक्ष कौशिला भट्टले वताईन
उक्त सिबीरमा पञ्जीकरण सम्वन्बी सबै सेवा प्रदान भई रहेको भट्टले वताईन । वडा–वडामा सिबीर संचालन भएपछि जनता उत्साही त छन तर थोरै कठिनाई भईरहेको गाउँपालिकाका सुचना अधिकृत मात्रीका प्रशाद भट्टले वताए । ‘भट्टले भने कोरोनाको त्रास अझै रहेको अवस्थामा सिबीरमा आउने सेवा ग्राहीहरुलाई स्वास्थ्यका मापदण्ड अपाउन अप्ठेरो छ । हामीले सहजताका लागि फरक दिन फरक–फरक टोलको पालो लगाएका छौ । सिबीर स्थलमा माईकिङ गरी रहेका छौ
। सन्देश र सुचना गरी रहेका छौं । यति मात्र नभई सेवा ग्राहिहरुका प्रमाणपत्रहरु पुराना , चस्त दुरुस्त नहुदा नागरीकतामा नाम मेटीएको, फोटो नदेखीने, जस्ता समस्याले नागरीकलाई समस्या रहेको छ । भने अपरेटरहरुलाई समेत विवरण संकलनमा अप्ठेरो रहेको छ ।
नेपाली नागरिकताको प्रमाण–पत्र भन्दा बढि प्रभावकारी हुलीया, औठाछाँप, मुखाकृति फोटो सहितको राष्ट्रिय परिचय–पत्र अनलाईनको पहुचवाट जुनसुकै ठाउँमा अपडेट गर्न सकिने १६ बर्ष पुरा भएका नेपाली नागरीकलाई सरकारले राष्ट्रिय परिचय–पत्र वितरण गर्नका लागि
तथ्याङक संकलन कार्य सुरु गरेको छ । यो पहिलो र नौलो अभ्यास भएकाले आम नागरीकहरुमा अन्यौलता रहेको भए पनि राष्ट्रिय परिचय–पत्र आम नागरीकको प्रष्ट ऐना जस्तै चुस्त–दुरुस्त व्यक्तिगत प्रमाण खुल्ने बायोडाटा हो आफ्नो सत्य , तथ्य विवरण भर्न भराउन आग्रह गर्दछु, अहिले सिबीर वडामा पुगेको छ ,भोली जिल्ला सदरमुकाम धाउनु पर्ने हुन सक्छ त्यसैले कोही नछुटुन भनि आग्रह र्गदछु ‘गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताईन ।
