पदम जोरा,जोगबुडा
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको समग्र शैक्षिक सुधारका लागि मोवाईल घुम्ती बैठक सुरु गरेको छ ।
प्रत्येक ४/४ महिनामा जिल्लाका सात वटै स्थानीय तहमा घुम्ती बैठक संचालन गर्ने गरी परशुराम वाट सुरु गरीएको शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले वताए ।
भट्टले भने ‘सात वटै स्थानीय तहको शैक्षिक गतिबिधी साटासाट हुन्छ, संघियता स्वरुप नयाँ योजना वनाउन स्थानीय सरकारलाई वल पुग्छ, प्रधानाध्यापक , शिक्षक ,कर्मचारी , अभिवावक र बिद्यार्थीहरुको पनि कार्यसम्पादन र मूल्याङकन हुने भएकाले घुम्ती बैठक संचालन गर्न जरुरी ठानीएको उनले बताए, तर यो र्पयाप्त भने होईन अझै अनुगमनको दायरा कडाईका साथ बढाउनु पर्छ ।
सात वटै स्थानीयतहका शिक्षासाखा प्रमुखहरुको सहभागितामा सुरु भएको घुम्ती बैठकमा शैक्षिक गतिबिधीको वारेमा जानकारी गराइएको थियो । बैठकमा समग्र शिक्षा क्षेत्रका समस्या, चुनौती, अन्यौलता र नयाँ रणनिती आदान–प्रदान गरीएको शिक्षासाखा परशुरामका प्रमुख केहर सिंह बडैलाले जानकारी दिए ।
जिल्लाकै ठूलो भुगोल क्षेत्र र ६३ सामुदायिक बिद्यालय रहेको परशुराम नगरपालिका वाट बैठक सुरु गरीएको र दोस्रो बैठक अमरगढी नगरपालिकामा संचालन हुने ईकाई प्रमुख भट्टले वताए ।
नेपाल सरकारको ठूलो लगानी शिक्षामा छ , लगानी अनरुप प्रतिफल दिन नयाँ–नयाँ शैली र प्रयास थालिएको भट्टको भनाई छ ।
परशुराम नगरपालिमा ६३ ,भागेश्वर गाउँपालिकामा ३४, गन्यापधुरा गाँउपालिकामा २३, अजयमेरु गाउँपालिकामा ३१ अमगरढी नगरपालिकामा २६ ,नवर्दुगामा गाउँपालिकामा २७ र आलिताल गाँपालिकामा ४३ गरी जिल्लामा २४८ सामुदायिक बिद्यालय रहेका छन ।
बिद्यार्थी संख्या, भुगोलको कठीनाई लाई मध्यनजर गरी बिद्यालय समायोजन(मर्ज) प्रकृया समेत अगाढी बढि रहेको उनले बताए ।
जिल्लाको परशुराम नगरपालिका वाट कार्यवाहक नगर–प्रमुख कलावती देबी बोहराको संयोजकत्वमा घुम्ती बैठक उद्घाटन गरीएको हो । परशुराममा सम्पन्न बैठकमा दिवा खाजा व्यवस्थापन, अभिवाबकहरुको बिद्यालय र नानीवाबुहरु प्रति न्यूनजवाफदेहीता , शिक्षक कर्मचारीका कम जिम्मेवारीको वारेमा छलफल समेत गरीएको छ । सुक्रवार नै ईकाई प्रमुख , सात वटै स्थानिय तहका शिक्षासाखा प्रमुखहरुको टोलीले परशुराम नगरपालिकाका ३ वटा सामुदायिक बिद्यालयहरुको अनुगमन समेत गरीएको छ ।
