ललीता साउँद , माघ १५ जोगबुडा
८५ वर्षिय बृद्धा आमा संगै सडक किनारमा गुजरा गरिरहेका जय बहादुर बाघलाई ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक) डडेल्धुराले न्यानोलुगा र थर्मस सहयोग गरेको छ ।
अपाङ्गगता भएका जय वाघ नौ वर्ष देखी सडकमै गुजरा गरिरहेको दयनीय अवस्था देखेपछि आफुले न्यानोलुगा र थर्मस हस्तान्तरण गरेको ग्रामिण महिला विकास तथा एकता केन्द्र डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले वताईन ।
बाघलाई चिसो बाट जोगिन फाईबर सिरक र तातोपानी पिउनका लागि थर्मस वितरण गरेको रुडुक खड्काले वताईन ।
केही समय वडा.न १२ को आमपानी वजारमा कोठाभाडामा बस्दै आएका वाघलाई घरवेटीले कोठा नदिएपछि वाघलाई झन समस्या र्सिजना भएको हो ।
पर्यटन पत्रकार तथा सामाजिक अभियान्ता गणेश थापा मगरले २०७७ को दशैमा वाघको सहयोगलागि समाजिक संजाल फेसबुक मार्फत सहयोग अभियान संचालन गरी देश र विदेशवाट आर्थिक संकलन गराए भने थापाको उक्त अभियानमा रेडियो परशुराम एफ.एम जोगबुडा र स्टेशन म्यानेजर पदम जोराले पनि वल पुगाएको थापाले सुनाए ।
सोही अभियानवाट वाघका लागि टेन्टको व्यवस्थापन भएको हो ।
बाग नौ बर्ष पहिले र्पुख्यौली थालो बझाङमा भिर बाट लडेर पुर्ण रुपमा अपाङ्गता भएका हुन ।
भारतको दिल्लिमा उपचार गराउदा समेत निको नभएपछि अहिले ह्वील चियरको साहारामा रहेकाछन ।
अपांङ्गता भए पछि उनका दाजुले पालन पोषण गर्न नसक्ने भनी घरवाट ८५ बर्षीय आमा र आफुलाई निकालेको दुखेसो वाघले सुनाए ।
सपांङ्ग छोराले आफ्नो गुजारा जेनतेन गरी रहेको छ , वाचुन्जेल अपांङ्गता भएका छोरालाई मुख वोल्ने साहारा बन्न खोला किनारामा टेन्टमा बसी रहेको वाघकी ८५ बर्षिय आमा जशुदेबी वाघले सुनाईन ।
परशुराम नगरपालिकाको सिमा आरम्भ हुने स्थानमा पक्कि गेट छ । गेटको छेउमै पहेलो प्लाष्टिले टेन्टको झुप्रो छ । त्यही झुप्रोमा जय बहादुर र उनकी ८५ वर्षिय बृद्धा आमा जशुदेवि वाघको वास छ ।
बुडर देखी जोगबुडा–परशुराम देखी बुडर सम्म यात्रा गर्ने सबै यात्रुहरुको नजर त्यो झुपडिमा नपर्ने होईन । तर सहयोगी हात भने अहिले सम्म कमै पाइएका छन ।
सहयोगमा परशुराम नगरपालिकाले २५ हजार सहयोग गरेको र वडा.न १ ले ५ हजार सहित दशै खर्च र ब्लाङकेट वडा अध्यक्ष शेर सिंह बोहराले दिएको वाघले गाउँघरन्यूजलाई सुनाए ।
रेडियो परशुराम एफ.एम.जोगबुडा र पत्रकार पदम जोरा पर्यटन पत्रकार गणेश थापा(सर) को पहल कदमी मेरा लागि अतुलनीय रहेको वाघले फेरी थपे
उनकी आमाले सामाजिक सुरक्षा भत्ता र जय वाघले आपाङ्गता वाफतको सामाजिक सुरक्षा भत्ता पाउछन त्यो भत्ताले खानाको चाँजोपाँजो गर्ने गरेको वागको भनाईछ ।
ललिता साउँद गाउँघर न्यूज अनलाईनमा कलम चलाउछीन रेडियो परशुराम एफ.एम.की समाचार प्मुख हुन ।
