परशुराम नगरपालिका वडा.न १० द्वारा जेष्ठ नागरीकलाई न्यानो लुगा

लक्ष्मण पार्की, जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न १० को कार्यालयले वडामा रहेका ८० बर्ष उमेर पुरा भएका जेष्ठ नागरीकलाई न्यानो लुगा वितरण गरेको छ ।
वडाका ८० बर्ष पुरा भएका जम्मा ६४ जना लाई न्यानो लुगा वितरण गरीएको वडा अध्यक्ष हर्क बहादुर कार्कीले गाउँघरन्यूजलाई जानकारी दिए ।

आर्थिक बर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रमवाटन्यानोलुगा वितरण गरीएको कार्कीले वताए ।

४ लाख ७० हजार वजेट वाट उक्त न्यानोलुगा र कृषि उपकरण तथा विउविजन वितरण गरीएको अध्यक्ष कार्कीले जानकारी दिए ।


सोही कार्यक्रममा वडामा दर्ता भएका कृषक समुहलाई कृषिउपकरण र विउविजन समेत वितरण गरीएको छ । वडामा दर्ता भएका कृषक समुहलाई पोलीहाउस, स्प्रेटंकी, हिउदे तरकारीको बिउविजन वितरण गरीएको अध्यक्ष कार्कीले वताए ।

bb

Leave A Reply

Your email address will not be published.