परशुराम भाग २


परशुराम भाग २–

कैलाशकुमार पाण्डेय
श्रीमद्भागवत महापुराणमा उल्लेख परशुराम चरीत्र
राजा परीक्षित र शुकदेवजी बिच भएको अमृतमय सम्बादमा श्रीमद्भागवत कथा बर्णनका क्रममा नबौ स्कन्धको पन्ध्रौं अध्यायमा ऋचीक,जमदग्नि र परशुराम चरीत्रको उल्लेख छ ।
शुकदेवजी भन्नु हुन्छ, परीक्षित उर्वशीका गर्भबाट पुरुवाका आयु, श्रुतायु, सत्यायु, रय, बिजय र जय छ पुत्र भए । श्रुतायुका पुत्र बसुमान, सत्यायुका श्रुतंजय, रयका एक र जयका अमीत नामका पुत्र भए । बिजयका भीम, भीमका काञ्चन, काञ्चनका होत्र, होत्रका जह्रु पुत्र भए । यिनै जह्रुले एक समय गंगाजी लाई अंन्जलीमा लिई पिएका थिए । जह्रुका पुरु, पुरुका बालक बालकका अजक, अजकका कुश, कुशका कुशाम्बु, तनय, बसु र कुशनाभ चार पुत्रहरु भए । कुशाम्बुका पुत्र गाधि थिए ।
परीक्षित ,गाधिकी एउटि पुत्री सत्यवती थिईन ।गाधि संग ऋषि ऋचीकले सत्यवती मागे । गाधिले ऋचीकलाई योग्यवर नमानी , मुनिवर हामीहरु कुशिकवंशका हौं । हाम्री कन्या पाउन निकै कठिन हुन्छ त्यसैले एउटा कान कालो भएका एक हजार सेता घोडा शुल्कमा बुझाउनु पर्छ । गाधिका कुरा सुनेर ऋचीक कुबेर कहाँ गएर कालो कान भएको सेता एक हजार घोडा ल्याएर आए । सुन्दरी सत्यवती संग बिबाह गरे । एक समय महर्षि ऋचीक संग पत्नी र सासुले सन्तान प्राप्तिको ईच्छा राखी प्रार्थना गरे । दुवैको प्रार्थना ऋचीकले स्वीकार गरि दुवैका लागि छुट्टा–छुट्टै चरु तयार गरे दुबैलाई स्नान गर्न लगाईयो । सत्यवतीकी माताको मनमा निकै कुरा खेल्यो महर्षिले आफ्नो पत्नीको लागि श्रेष्ठ चरु बनाएको हुनुपर्छ भनी सत्यवती संग मागिन । सत्यवतीले मातालाई आफ्नो भाग को चरु दिईन र आफुले माताका लागि बनाएको चरु खाईन ।
जव ऋचीकलाई यस बिषयमा जानकारी पाए तब सत्यवतीलाई भन्न लागे,यो धेरै ठूलो अनर्थ भयो । यसले गर्दा तिम्रो पुत्र घोर प्रकृतिको गल्ती गर्नेलाई दण्डदिने हुनेछ,भने तिम्रो भाई ब्रह्मबेत्ता हुने छ । सत्यवतीले निकै उनुनय–बिनय गरिन, मुनी ऋचीकलाई खुशी पारिन । स्वामी यस्तो त हुनु भएन । सत्यवती का कुरा सुनेर ऋचीकले लौ त्यसो भए तिम्रो पुत्र होईन तिम्रो नाति त्यही प्रकृतिको हुनेछ । समय बित्दै गयो ,माताको गर्भ बाट बिश्वामित्र र सत्यवतीको गर्भ बाट जमदग्निको जन्म भयो । सत्यवती सबै लोकलाई परम पवित्र गर्ने कौशिकी नदि भईन । रेणु ऋषि कि पुत्रीको नाम रेणुका थियो । ऋषि जमदग्निको पाणिग्रहण रेणुका संग भयो।रेणुकाको गर्भ बाट जमदग्निका बसुमान लगायत पुत्र भए । सबै पुत्र मध्ये परशुराम कान्छा थिए । भनिन्छ हैहयबंशको अन्त्यका लागि स्वयं भगवानले परशुराम रुपमा अवतार लिनु भएको थियो । परशुरामजीको यश कृति संसार भरी फैलिएको छ। परशुरामजीले एक्काईस पटक पृथ्वीलाई क्षेत्रिय बिहिन पारेका थिए ।त्यतिबेला क्षेत्रियहरु रजोगुणी तथा तमोगुणी भएका थिए । दुष्ट चरीत्र ,ब्राह्मणका अभक्त भएका थिए । यहि कारणले पृथ्वीमा पापको भार बढेको थियो । यसकारण पृथ्वी भार हर्नका लागि आतताई क्षेत्रियको नास गर्नु परेको थियो । परशुराम अवतार धारण गरि पृथ्वीको भार उतारेका थिए ।
राजा परीक्षितले सोध्नु भयो, भगवन हुन त त्यति बेला क्षेत्रियहरु बिषयलोलुप भए होलान तर उनीहरुले त्यस्तो के अपराध गरेका रहेछन जबकी पटक–पटक परशुरामजी क्षेत्रियहरु बिनास गर्नु भयो।
श्रीशुकदेवजी भन्नु हुन्छ परीक्षित त्यस समय हैह्यवंशका अधिपति अर्जुन थिए । ऊनी एक श्रेष्ठ क्षेत्रिय थिए । उनले निकै सेवा, शुश्रुषा गरि भगवानका अंशाअवतार दत्तात्रेयलाई खुशी पारी एक हजार हात पाएका थिए र धेरै युद्ध जित्ने बरदान पाएका थिए । त्यस्तै इन्द्रियका अबाध बल, अतुल सम्पत्ति, तेजस्विता, वीरता, कीर्ति र शारीरिक वल दत्तात्रयजीको कृपाले प्राप्त गरेका थिए । राजा अर्जुन योगेश्वर भइसकेका थिए । उनी मा यस्तो ऐश्वर्य थियो उनी सूक्ष्म भन्दा सूक्ष्म तथा स्थुल भन्दा स्थुल रुप धारण गर्न सक्थे । सबै सिद्धि प्राप्त गरेका थिए । उनी संसारको कुनै पनि स्थानमा वायु समान बेरोकठोक बिचरण गर्न सक्थे । एक समय गलामा बैजयन्ती माला लगाएर सहश्र बाहु अर्जुन धेरै सुन्दर स्त्री सहित नर्मदा नदिमा जल बिहार गरि रहेका थिए । त्यो समय मदोन्मत सहश्रबाहुले नदिको प्रवाह रोकेको थियो । दशानन रावणको पनि शिविर त्यतै तिर थियो । नदिको धार उल्टो बग्न लागेको ले रावणको शिविर डुब्नै लागेको थियो । रावण पनि आफुलाई निकै ठूलो वीर ठान्दथ्यो त्यसैले सहश्रार्जुनको पराक्रम चित्त बुझेको थिएन । रावण जब सहस्रवाहु अर्जुन नजिक गएर गाली गर्न लाग्दा धेरै स्त्री हरुको सामुन्ने खेल खेलमै रावणलाई समातेर आफ्नो राजधानी माहिष्मतीमा लगेर बादर जस्तै गरि कैद गरे । रावण का पिताजी पुलस्त्यको अनुरोधमा मुक्त पारेका थिए।
एक समय सहस्रवाहु अर्जुन सिकार खेल्न घनधोर जंगलमा गए । संयोगले जमदग्नि आश्रममा पुगेछन । परम तपस्वी जमदग्निका आश्रममा कामधेनु गाई रहेछन । कामधेनुको प्रतापले जमदग्निमुनीले सेना, मन्त्री, सवार बाहन हात्ती घोडा सहित हैहयाधिपतिको भव्य स्वागत सत्कार गरेका थिए । हैहयाधिपतीले आफुलाई गरेको सत्कारको वास्ता नगरी कामुधेनु हरण गरि लैजाने सोच बनाए ।
सहश्रार्जुनले अभिमानले जमदग्निऋषिलाई जानकारी नै नदिइ कामधेनु हरण गरि लैजान सेवकहरुलाई आदेश दिए । राजाको आदेश अनुसार सेवकहरुले बाच्ची बां बां गरि कराउदा–कराउदै कामुधेनु हरण गरि लगे। कामधेनु हरण गरि गइसके पछि परशुरामजी त्यँहा पुगे । त्यहा पुग्ने बितिक्कै सबै जानकारी पाए । दृष्टान्त बृतान्त सुने पछि चोट लागि छटपटिदै क्रोधपुर्ण रुपले त्यँहा बाट हिडे । सहश्रार्जुन आफ्नो नगरमा प्रवेश मात्र गर्दै थिए । परशुरामजी लाई आफुतिर बेग साथ आइरहेको देखे । परशुरामजीको उपस्थिति बिलक्षण किसिम को थियो।हातमा धनुस वाण,फर्सा बोकेका,शरीरमा कालो मृगचर्म ,सुर्य किरण जस्तै चम्किरहेका केश देखिदै थिए । सहस्रबाहु अर्जुनले परशुरामजी लाई देख्ने बितिक्कै गदा, खडग, वाण, ऋष्टि, शतध्नी र शक्ति आदि हतियारले सुसज्जित हात्तीघोडा, रथ तथा पैदल रहेका सत्रअक्षौहिणी सेना पठायो । परशुरामजीले एक क्षणमा सारा सेना समाप्त् पारी दिए।
परशुरामजीको गति,मन एक समान थियो । सत्रु सेना एक एक गरि काटी रहेका थिए।जहाँ जहाँ फर्सा प्रहार हुन्थ्यो त्यहा सारथि बाहन संगै ठुला–ठुला वीरहरु पृथ्वीमा ढलेका हुन्थे । हैहयाधिपती अर्जुनले आफ्ना सार सेना , सेना धनुस ढाल,तरवारलाई फर्साले काटी रगतमा लतपतिएको देखे।यस्तो अवस्था देखेर आफै लडन गए। एकै साथ पाँच सय धनुस बोकि हजार हात प्रयोग गरि परशुरामजी माथी प्रहार गरे। परशुरामजी सम्पुर्ण शस्त्रका शिरोमणि हुनु हुन्थ्यो । एक मात्र बाण प्रहारले सबै खतम पारी दिए । हैहयाधिपतीले पहाड रुख,वृक्ष उठाएर युद्धभुमिमा बेग सित झम्टने कोसिस गरे।
परशुरामजी को तीखो धार भएको फर्साले नाग जस्तै रहेका हजार हात काटी दिए । हजार हात काटिए संगै पहाडको शिखर समान शिर शरीर बाट अलग भयो । सहश्रार्जुन मारिए संगै उनका छोराहरु डरले त्यहा बाट भगे। विपक्ष वीरहरु नास गरि कामधेनु बाच्छो सहित फिर्ता ल्याए । हरण भए देखि कानधेनु निकै दुखित थिईन जसलाई परशुरामजीले मुक्त गरि पिताजी लाई सुम्पी दिए । माहिष्मतीमा भएको घटनाको बृतान्त पिताजी र भाइहरुलाई सुनाए ।
माहिष्मती घटना सुने पछि पिता जमदग्नि निरास भए हाय परशुराम तिमीले यो ठुलो पाप ग¥यौ । राम–राम तिमी ठुला वीर हौ,तिमीले सर्बदेवमय राजाको ब्यर्थमा बध ग¥यौ । पुत्र हामी ब्राह्मण हौ, क्षमाका प्रभावले ब्राह्मण संसारमा पुजनिय भएका छन । हामीहरु त के लोकपिता ब्रह्माजीले पनि क्षमाका बलले ब्रह्मपद प्राप्त गरेका हुन।ब्राह्मणको शोभा क्षमाका प्रभावले सुर्यको तेज जस्तै चम्किरहेको हुन्छ । सर्व शक्तिमान भगवान श्रीहरी पनि क्षमाबान संग प्रसन्न हुनु हुन्छ । परशुराम सार्बभौम राजाको हत्या ब्रह्महत्या भन्दा बढी पापक हुन्छ । पापमोचन का लागि भगवानको स्मरण गर्दै तीर्थ यात्रामा जाउ।
श्रीशुकदेवजी अगाडि भन्नू हुन्छ परीक्षित पिताले दिएको शिक्षा अनुसार परशुरामजीले एक बर्ष सम्म जो आज्ञा भनी तीर्थ यात्रा गरि आश्रम फर्किए । एक दिनको कुरा हो माता रेणुका जल भरेर ल्याउन गङ्गातटका जानू भएको थियोे । त्यहाँ गन्धर्वहरु जलकृडा गरि रहेका देखे । ऋषिजमदग्निको हवनको समय भइसकेको थियोे । त्यो बिर्सिएर मन चित्ररथको जल कृडामा तानियो । हवनको समय बिति सकेकाले ऋषि को श्रापको भयले भयबित भई तुरुन्तै आश्रम पुगिन । आश्रममा ऋषिका सामुन्ने कलश राखेर रेणुकाका हात खडा भए । जमदग्निऋषिले पत्निको मानसिक ब्यभिचार बुझी पुत्रहरु लाई यस पापिनीलाई मार भनी आज्ञा दिए । त्यँहा भएका कुनै पनि पुत्रले आज्ञा पालन गरेनन । परशुरामजीले पिताको योग बल तथा तपस्याको प्रभाव राम्ररी बुझेका थिए र आज्ञा पालन गर्नु उपयुक्त सम्झी माता सहित सबै भाईको हत्या गरे । परशुरामले गरेको काम बाट सत्यवतीनन्दन ऋषिजमदग्नि निकै खुशी भएर परशुरामजी लाई भन्नु भयो पुत्र तिम्रो जे ईच्छा छ, वर माग । पिताजीले वर माग भने पछि परशुरामजीलेमेरी माता र भाईहरु जिवित होउन र यो घटनाको कुनै याद नहोस भनी भन्दै गर्दा माता र भाईहरु सुतेका बिउझिए समान भएर उठे र सकुशल बसे। परशुरामजीले पिताको तपोवल जानेका थिए र सो बलबाट पुन जिवित गर्न सकुला भनी माता र भाईको बध गरेका थिए।
श्रीशुकदेवजी भन्नु हुन्छ परीक्षित सहस्रबाहु अर्जुनका पुत्रहरु
परशुरामजी संग हारि भागेर गएका थिए । तिनलाई आफ्ना पिताको बधको निरन्तर याद थियो । मौका पाउँदा बदला लिने दाउमा थिए।तिनीहरूको मनमा आनन्द थिएन । एक दिनको कुरा हो परशुरामजी भाइहरु सहित आश्रम बाहिर वनतिर गएका थिए । यस्तो मौका छोपी बदला लिनका लागि सहस्रबाहु अर्जुनका छोराहरू जमदग्नि आश्रममा पुग । ऋषि जमदग्नि अग्निशालामा बसि मन वचन कर्म, समस्त वृती सहित पवित्रकृति भगवानको चिन्तनमा मग्न थिए, बाहिरी परिस्थिति भन्दा टाढा थिए । त्यस समय पापीहरुले ऋषि जमदग्निको बध गरि दिए जो उनीहरुको पुर्व योजना अनुसार नै थियो । परशुरामजीकी माता रेणुकाले निकै अनुनय बिनय गरिन । पापीहरुका अगाडि केही सीप लागेन । बलपुर्वक महर्षी जमदग्निको शिर काटेर लगे।क्षेत्रीयहरुले निचता प्रदर्शन गरे क्रुर आतताई बने । सति रेणुका दुखी भइ बिलाप गर्न लागिन

रेणुका जोर जोरले चिच्याउदै छाति र टाउकोमा मुडकिले हानेर परशुराम–परशुराम भन्न लागिन। परशुरामजीले माताको चीत्कार राम–राम भनेको करुण क्रन्दन सुने । निकै बेग साथ परशुरामजी आश्रममा पुगे त्यहा पिताजीको हत्या गरेको देखे। परशुरामजी निकै दुःखी भए संगै क्रोध, असहिष्णुता, मानसिक पीडा र शोकले भावबिहल भए । मोहित भएर पिताजी धर्मका सच्चा पुजारी हुनुहुन्थ्यो, ठुला माहात्मा हुनु हुन्थ्यो तर हामीलाई छोडेर स्वर्ग जानुभयो भन्दै पिताजीको शरीर भाईहरुलाई सौपी हातमा फर्सा लिएर क्षेत्रीय संहार गर्ने प्रतिज्ञा गरि गए ।
माहिष्मती नगर पुगि सहश्रार्जुनका पुत्रहरुको शिर काटेर नगरको बिचमा शिरको थुप्रो लगाई पहाड खडा गरे । नगरको शोभा ब्रह्मघाती निच क्षेत्रीयका कारण नष्ट भइसकेको थियो । क्षेत्रीयको रगतले नदि नै बग्न लाग्यो । जसलाई देखेर ब्रह्मघातीहरुको हृदय कम्पन हुन लाग्यो । भगवानले क्षेत्रीयहरु अत्याचारी भएका यस समय पिताको बधको घटनालाई निमित्त बनाई पृथ्वीलाई क्षेत्रीय बिहिन बनाउनु पर्ने निश्चय गरे । एक्काईस पटक पृथ्वीलाई क्षेत्रीय बिहिन पारे । कुरुक्षेत्रको समन्तपञ्चकमा रगतका पाँच तलाउ बन्न पुगे । परशुरामजीले त्यहा बाट आफ्ना पिताको शिर ल्याएर आए । काटिएको शिरलाई शरीर संग जोडि यज्ञद्वारा सर्वदेवमय आत्मस्वरुप भगवानको यजन गर्नु भयो । यज्ञ गर्दा–गर्दै पुर्व दिशा होतालाई, दक्षिण दिशा ब्रह्मालाई, पश्चिम दिशा अर्धवायुलाई र उत्तर दिशा सामगान गर्नेवाला उदगातालाई दिए । यसै किसिमले अग्निकोण आदि बिदिशालाई ऋत्विजलाई, मध्यभुमी कश्यपजीलाई, आर्यावर्त उपद्रष्टालाई दिए । त्यसरी अन्यदिशा पनि दान गरे । यति गरि सके पछि ब्रह्मनदी (सरयु,श्यामा) सरस्वतीका तटमा मेघ रहित सुर्य समान शोभयमान भई यज्ञान्तस्नान गरेर सबै पाप बाट मुक्त भएर बसे । महर्षि जमदग्निलाई स्मृतिरुप संकल्पमय शरीर प्राप्त भयो। परशुरामजीबाट सम्मानित भएर सप्तर्षि ऋषि मण्डलमा रहे ।कमललोचन जमदग्निनन्दन आगामी मन्वन्तरमा सप्तर्षि मण्डलमा रहि वेदको बिस्तार गर्नु हुनेछ । भगवान परशुराम आज पनि महेन्द्र पर्वतमा निवास गर्नु हुन्छ । महेन्द्रपर्वतमा सिद्ध ,गन्धर्व र चारणहरु परशुराम चरीत्रको मधुर स्वरमा गान गर्दछन । सर्वशक्तिमान विश्वात्मा भगवान हरिले यस किसिमबाट भृगु बंशमा अवतार लिई पृथ्वीका भारभुत राजाहरुलाई एक्काईस पटक संहार गर्नु भयो ।
(पंक्तिका संस्कृतीविद हुन)

bb

Leave A Reply

Your email address will not be published.