पदम जोरा,डडेल्धुरा
प्रेस युनीयन डोडीका उपाध्यक्ष तथा रेडियो डोटीका प्रवन्ध निर्देशक चक्र कुवरले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन ।
प्रेस युनीयन डोटीका उपाध्यक्ष समेत रहेका कुवर स्थापनाकाल देखि रेडियो डोटीको प्रवन्ध निर्देशक समेत रहेकाछन ।
सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला बोगटान फुड्सिल गाउँपालिकाका स्थायी ठेगाना भएका कुवर रेडियो क्षेत्रमा रिपोर्टिङ देखि कुशल सञ्चालक र कार्यक्रम प्रस्तोताको रुपमा परिचित छन । सोही अनरुप कुवर अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका हुन ।
वुमेन्स एरा एण्ड मिडिया समुह नेपालले शनिवार राजधानी काठमाण्डौमा आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड मा पत्रकार चक्र कुँवरले कुशल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड हात पारेका छन ।
कुशल रेडियो कार्यक्रम प्रस्तोताका रुपमा कुवर अवार्डमा छनौट भएको आयोजक संस्थाका कोर्डनेटर गिता अधिकारिले वताईन । अवार्ड प्राप्तिले आफु निकै खुसि भएको कुँवरले गाउँघरन्यूज लाई जानकारी दिए ।
