पदम जोरा
जोगबुडा, माघ ९ गते
डडेल्धुराको आधा भन्दा बढि जनघनत्व रहेको परशुराम नगरपालिका १२ जोगबुडामा पहिलो पटक परशुराम पोलीक्लिनिक प्राली संचालनमा आएको छ ।
भित्रीमधेषका स्थानीय नागरीकलाई गुणस्तरीय र सर्वसुलब स्वास्थ्य सेवा दिने उदेश्यका साथ प्रालि संचालनमा आएको हो ।
यस क्षेत्रका नागरीकलाई सानो–सानो उपचारकालागि ठूलो धनराशि खर्च गर्नु पर्ने र मित्र राष्ट्र भारत थता अन्यत्र धाउनु पर्ने बाध्यता रहेकाले आफुले स्थानीय नागरीकको स्वास्थ्य उपचार तथा सहजताकाल लागि जोगबुडामै स्वास्थ्य सेवा दिने गरी पोलीक्लिनीक संचालनमा ल्याएको संचालक दिनेस जोशीले जानकारी दिए ।
आफु पनि स्वास्थ्य बिषयको बिद्यार्थी रहेको र स्वास्थ्यका हरेक समस्या नजीक वाट नियालेकोले मैले व्यक्तिगत लगानीमा पोलीक्लिनीक संचालनमा गरेको जोशीले गाउँघरन्यूज लाई बताए ।
हाल सम्म परशुराम ,आलिताल र भागेश्वरका स्थानीय नागरीकहरु उपचारका लागि , मित्रराष्ट भारतको खटीमा, लखनौ, बरेली, धनगडी, नेपालगञ्ज, महेन्द्रनगर र काठमाण्डौं धाउने गर्दछन भने घर,खेत,सुन धितो राखेर उपचार गर्नु पर्ने उनीहरुको वाध्यता रहेको छ ।
अहिले पोलिक्लिनिक वाट समान्य परामर्ष, फारमेसी, ल्याव सेवा संचालनमा रहेको र निकट भविश्यमै एक्सरे, युएसजि, भिडियोएक्सरे, ईसिजी, प्रयोगशाला, अक्सीजन, जनरलसर्जन सेवा, नेवुलाईजर सेवा ओपिडी र फारमेसी सेवा संचालनमा ल्याईने उनले बताएका छन ।
जोगबुडामा १ मात्र जोगबुडा अस्पताल रहेको अवस्थामा अव यस क्षेत्रमा स्थानीय नागरीकहरुलाई स्वास्थ्य सेवामा सहज हुने स्थानीय शिक्षक करबीर सिंह बोहराले जानकारी दिए ।
