सृजना सहकारी जोगबुडाको साधारण सभा उद्घाटन

पदम जोरा ,जोगबुडा

सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परशुराम १२ जोगबुडाको २१औं साधारणसभा शनिवार उद्घाटन भएको छ । 

सहकारी संस्थाका अध्यक्ष हरि प्रशाद जोशीको अध्यक्षता तथा परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुको प्रमुख आतिथ्यतामा सभा उद्घाटन भएको हो ।
विगत लामो समय देखी जोगबुडा,कटाल, आसपासका क्षे त्रका शेयर सदस्यहरु संगठीत भई संचालनमा रहेको सहकारी संचालनमा आएको २१ बर्ष पुरा भएको छ ।
हाल सम्म सहकारीमा आठ सय जना शेयर सदस्य रहेका छन । बचत तथा ऋण लगानीमा संस्थाले स्थानीयलाई सेवा दिई रहेको संस्थाका अध्यक्ष हरि प्रशाद जोशीले बताए ।
चुनावी साधारण सभा समेत रहेकोमा सहकारीको विधान अनुसार समितीको कार्यकाल ३ रहने भएकाले निवर्तमान समिती बन्द सत्रवाट विगठन भएको छ ।
उक्त सहकारीमा ३ बर्षेकार्यकालका लागि नयाँ समिती चयन हुने भएको छ । नयाँ चयन हुने समितका लागि बिभिन्न पदमा सेयरसदस्इ मध्येवाट १९ जनाले उमेद्वारी मनोनयन दर्ता गरेका छन । सहकारीको संचालक समितीको पौष १८ को बैठकको निर्णयले परशुराम नगरपालिकाका कानुनी सल्लाहकार गोविन्दराज जोशीको संयोजकत्वमा ३ जना सदस्य रहने गरी निर्वाचन समिती समेत गठन गरी सकेको छ ।
गाउँ–गाँउमा सहकारी घर–घरमा भकारी भन्ने उक्तिलाई आत्मसाथ गर्दै पछिल्लो समय, बचत, ऋण लगानी र कृषि सहकारी संचालन तिब्ररुपमा भई रहेकाछन भने सरकारले एउटै प्रकृतिका २ सहकारी संस्थामा सदस्य नहुन पाउने र सहकारी संचालन गर्नका लागि न्यूनतम २ हजार सदस्य हुनु पर्ने सहकारी नियमा लागु गरी सकेको छ ।

bb

Leave A Reply

Your email address will not be published.