आलिताल गाउँपालिका बाट दुग्ध ट्यांकर हस्तान्तरण 

पदम जोरा,आलिताल


डडेल्धुराको आलिताल गाँउपालिकाले दुग्ध बिकास संस्थान धनगढी वितरण आयोजनालाई ९ हजार लिटर क्षमताको दुग्ध ट्यांकर हस्तान्तरण गरेको छ ।
आलिताल गाँउपालिकामा एक कार्याक्रमका विच गाँउपालिका अध्यक्ष बल बहादुर गुरुङ्गले दुग्ध विकास संस्थान धनगढीका दुग्ध वितरणका आयोजना प्रमुख कृष्ण प्रसाद अर्याल लाई ट्यांकर हस्तारन्तरण गरेका छन ।
जिल्लाको भित्रिमधेश क्षेत्रमा उत्पादन भएको दुधको वजारीकरणको सहजताका लागि गाँउपालिकाको अगुवाईमा गैरसरकारी संस्था युनएनडिपि, सिड्स नेपाल, मर्सिकोर नेपाल र एकिकृत विकास समाज द्धारा संञ्चालित एमरेड परियोजनामा दुग्ध ट्यांकर खरिद गरिएको अध्यक्ष गुरुङले गाउँघरन्यूजलाई जानकारी दिए ।
आलिताल गाँउपालिका र दुग्ध विकास संस्थान को स्वामित्वमा रहने गरि खरिद गरीएको दुग्ध ट्यांकरले आलिताल र परशुराम नगरपालिकामा उत्पादन भएको दुध लाई व्यवस्थित रुपमा कैलाली लगायत नेपालका अन्य शहरहरु सम्म निर्यात गर्ने भउकोछ ।
दुग्ध ट्यांकर खरिदका लागी आलिताल गाँउपालिकाले पहल गरेको बताउदै अध्यक्ष गुरुङले आगामी दिनमा पनि पशुपालक कृषकलाई आत्मर्निभर वनाउन तालिम, कृषि औजार, आदिमा अनुदान तथा सहयोगमा कमी नहुन दिने बताएकाछन ।
डडेल्धुराको भित्रि मधेश क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा ८ वटा दुग्ध संकलन केन्द्रले बाट बार्षिक ३ करोड भन्दा माथि दुध उत्पादन गरी निर्यात गरी रहेकाले आगामी दिनमा बजारीकरणमा सहयोग गरि सहरको पैसा भित्रीमधेषको समुदायमा पुगाउने दुग्ध विकास संस्थान धनगडीका प्रमुख अर्याल ले बताए ।
दुग्ध ढुवानी ट्यांकर खरिद गर्ने आलिताल गाँउपालिका नेपालको ७५३ स्थानिय तहमा पहिलो हो । दुग्ध विकास संस्थान धनगढी वितरण आयोजना का आयोजना प्रमुखले बताए ।
कृषकलाई आत्मर्निभर वनाई, पशुपालन बिशेस गरी गाई, भैशी पापलन प्रर्वधनका लागि आफु निरन्तर रहेको गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले बताए ।
मेरो मुख्य उदेश्य गाउँपालिकाको समृद्वि हो । कृषि क्षेत्रवाट , पशुपालनवाट, तरकारीखेती, कुखुरापालन, बंगुरपालन,होमस्टे संचालन आदि क्षेत्रवाट भए पनि आलिताललाई चिनाउछु , गाउपालिकाका नागरिकलाई समृद्व वनाउछु अध्यक्ष गुरुङले गाउँघरन्यूजलाई बताए ।

bb

Leave A Reply

Your email address will not be published.