परशुराम ५ परिगाउँले दियो ३५ जना जेष्ठ नागरीकलाई न्यानो लुगा

पदम जोरा, जोगबुडा

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वार्ड न. ५ ले वडाका ३५ जना जेष्ठ नागरीकलाई न्यानो लुगा वितरण गरेको छ । वडाको ८० हजार वजेटमा न्यालो लुगा वितरण गरीएको वडा सचिव धनीराम बोहराले जानकारी दिनु भएको छ । वडा अध्यक्ष मिन बहादुर चन्दको सभापतित्व तथा परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गर्दै वडा वाट न्यानो लुगा वितरण गरीएको हो ।
पुष महिनाको चिसोवाट जोगीनीका लागि ८० बर्ष उमेर पुगेका ३५ जना जेष्ठनागरीक लाई न्याना लुगाहरु हाईनेक, टोपी, सल र सुईटर गरी वितरण गरीएको बोहराले जानकारी दिए ।
प्रति व्यक्ति उन्नाईस सय रुपैया लागतको न्यालो लुगा वितरण गरीएको वडा.न. ५ का वडा अध्यक्ष मिन बहादुर चन्दले गाउँघरन्यूजलाई वताए ।
परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, योजना अधिकृत कृष्णदेब जोशी, पशुसेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टको बिशिष्ठ आतिथ्यतामा जेष्ठ नागरकीहरुको सम्मान स्वरुप न्यानो लुगा वितरण गरीएको वडा अध्यक्ष चन्दले वताए ।

bb

Leave A Reply

Your email address will not be published.