केशव भट्ट बचाउँ अभियान जारी आशुँ भण्डारीद्वारा पिडीतलाई १ लाख सहयोग 

पदम जोरा, जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ७ सादनीका युवा समाजसेबी आशुँ भण्डारीले केशव भट्ट बचाउँ अभियान संचालन गरी परशुराम ७ सादनीका केशव भट्टको उपचारका लागि १ लाख रुपैया आर्थिक संकलन सहयोग गरेका छन ।

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ७ सादनीका केशब भट्ट २०७७ मंसिर २२ गते महेन्द्र राजर्माग अन्तरगत कञ्चनपुरको भासी नजीक मोटरसाईकल र्दुघटनामा घाईते भएका थिए । उनी संगै मोटरसाईकलमा सवार दुईजना भने सामान्य उपचारपछि घर फर्कीए सकेका छन ।

टाउँकोमा गम्भीर चोट लागेका भट्टको नेपालगञ्ज मेडीकल कलेज कोहलपुरमा उपचार भई रहेको छ । आर्थिक अवस्था कमजोर रहेका भट्टको उपचारका लागि खर्च अभाव रहेको अवस्थामा केशब भट्ट वचाउँ अभियान संचालन गरी आफुहरुलाई भण्डारीले सहयोग गरेको प्रति पिडीतकी आमा पार्वती भट्टले धन्यवाद ज्ञापन गर्दै आफुहरुलाई ठूलो गुन लगाएको बताईन ।

घटना भएकै दिन देखी भण्डारीले केशब भट्ट बचाउँ अभियान संचालन गरेका थिए । उक्त अभियानमा स्वदेश र विदेशवाट आर्थिक संकलन भएको छ ।

मैले आफ्नो व्यक्तिगत फेसवुकको स्टाटस मार्फत अभियान संचालन गरेको हु ’ भण्डारीले भने । त्यस पछि सबै क्षेत्रवाट घाईते भट्टको उपचार स्वरुप गक्ष अनुसार आर्थिक संकलन हुदै गयो ।

स्थानीय संचारमाध्यम र पत्रकार साथिहरुको सहयोगमा २० दिनमा नै अभियानको कोषमा  १ लाख रुपैया संकलन भयो र घाईतेका परिवालाई बुझाएको छु ’।

 भण्डारीले गाउँघरन्यूज लाई बताए ।

केशब भट्ट बचाउँ अभियानमा स्वदेश तथा बिदेश हुदै अमेरीका बस्दै आउनु भएकी परशुराम नगरपालिका ७ सादनी माईती घर भएकी बिमला भण्डारीले समेत कोषमा ५ हजार रुपैया सहयोग गरेको र अन्य सहयोगी हातहरु माझ हार गुहार गरी आर्थिक संकलन जुटाईएको भण्डारीले जानकारी दिए ।

वडा.न. ७ को कार्यालय र परशुराम नगरपालिकाले समेत घाईते भट्टको उपचारका लागि सहयोग गर्ने प्रतिबद्वता दिएको भण्डारीको भनाई रहेकोछ ।

मानबीय धर्म र मर्दापर्दा समस्यामा साथ सहयोग गर्नु पर्ने धारणाको बिकाश गर्ने उदेश्यका साथ आफुले निश्वार्थ भावले उक्त अभियान संचालन गरेको भण्डारीले बताए ।

युवाका प्रिय समाजसेबी समेत रहेका भण्डारीले बिगतमा पनि आफ्नै वडाका टिभी, क्षयरोगी र प्यारलाईसिस दृघरोगीको उपचारमा समेत अभियान संचालन गरी आर्थिक संकलन सहयोग गरेको सुनाए । स्थानीय नागरीकको रक्षा गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी भएकाले परशुराम नगरपालिका वडा.न. ६ का वडा अध्यक्ष समेत रहेका युवा खगेन्द्र बहादुर सिंहले अभियानको प्रशंसा गर्दै नगद रु ५ हजार सहयोग गरेकाछन ।

दुःख पिडा, असाय, गरिब, अनाथ, टुहुरा, दृघरोगी अपाङ्गता भएका नागरीक प्रति भने स्थानीय सरकार र सरकार प्रमुखहरु  जुन रुपमा उत्तरदायि बन्नु पर्ने हो त्यस्तो न रहेको उनले दुःखेसो सुनाए ।

सादनी सामुदायिक विपद् व्यवस्थापन समिती संयोजक समेत रहेका भण्डारीले विपद् बाजा बजाएर आउदैन त्यसकारण नगरपालिका र वडाको विनीयोजित बजेटमा बिपद्कोष रकमको सहि सदुपयोग हुनु पर्नेमा जोड दिएकाछन ।

bb

Leave A Reply

Your email address will not be published.