पदम जोरा,डडेल्धुरा
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले सरसफाई ,स्वच्छताका लागि व्यवहार परिर्वतन लाई तिब्रता दिएको छ ।
रुडुकद्वारा संचालित स्वच्छताका लागि व्यवहार परिर्वतन कार्यक्रमका माध्यमवाट स्थानीयतहहरुमा सरसफाई, स्वच्छता र व्यवहार परिर्वतन सम्बन्धी चेतना र सरसफाईमुखी कार्यक्रम संचालन गरी रहेको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन ।
अक्र्फाम दात्रि निकायको आर्थिक सहयोग र रुडुक डडेल्धुराको पहल कदमीमा नागरीकहरुमा सरसफाई स्वच्छता सम्वन्धी व्यवहार परिर्वतन भई रहेको उनले वताईन ।
‘ विगतको तुलनामा ८० प्रतिशत सरसफाई र स्वच्छताको व्यवहार परिर्वतन भएको छ जिल्लाको आलिताल गाउँपालिका वडा.न. ४ का वडा अध्यक्ष चन्द्रदेब बोहराले बताए । वोहराले भने सावुनपानीले हातधुने, नानीवावुहरुको सरसफाईमा हेलचक्याई गर्ने व्यक्ति , समुदाय, टोल, समाजमा कोरोना कहर र रुडुककद्वारा संचालित सचेतनामुलक कार्यक्रमले ८० प्रतिशत व्यवहार परिर्वतन भएको बोहराले वताए ।
स्थानीय सरकारलाई रुडुक काठमाण्डौं र डडेल्धुराले सरसफाई स्वच्छता व्यवहार परिर्वतनका क्षेत्रमा सघाएको छ । जनतालाई सचेतीकरण गरी रहेको आलिताल गाउँपालिका वडा.न. ८ का वडा अध्यक्ष गणेश बहादुर थापाले गाउँघरन्यूज अनलाईन खवरलाई बताए ।
गाउँ बस्ती टोल समुदायमा गई सरसफाई स्वच्छता सम्बन्धी रुडुकले छोटो समयमा ठूलो उपलब्धी गरेको छ । बृद्व÷बृद्वा देखी वालवलाीका सम्म मिचि–मिचि सावुनपानीले हात धुने वानीको विकास भएको वताउछिन परशुराम नगरपालिका ३ र्शिसकी महिला स्वास्थ्य स्वयम सेबीका पदमा देबी बोहरा ।
रुडुक डडेल्धुराले दात्रि निकाय अक्सफामको आर्थिक सहयोगमा स्वच्छताका लागि व्यवहार परिर्वतनका लागि बृहत सरसफाई अभियान संचालन गरी गाउँ, बस्ती, टोल र समुदायमा ‘सफा रहौं स्वच्छ वनौं , आफ्नो गाउँ आफै बनाउ’ भन्ने नारालई आत्मसाथ गरी सार्वजनिक स्थल, बिद्यालयमा पनि सावुनपानी, टुटीसहितका वाल्टी राख्दा समेत व्यवहार परिर्वतन भई रहेको बताउछन भागेश्वर मा.बि. परशुराम १ सलौनका शिक्षक करबीर सिंह बोहरा ।
वोहराले भने ‘अझै रुडुक संग मेरो आग्रह छ ,दुर दराजका बस्ती समुदायमा चेतना खाचो छ । समाजको नजीक बिद्यालयहरु हुन ।सोही अनरुप बिद्यालय मुखी सरसफाई चेतनामुलक कार्यक्रम सडक–नाटक, सुक्रवारे कार्यक्रम, संचालन गर्न सके अझै स्वच्छ समाज स्वस्थ नागरीक निर्माण हुन्छ अभियानले सार्थकता पाउँछ । रुडुकको अभियान आपैmमा उदारहणिय छ , सफा छ , सुन्दर छ, रुडुक र रुडुकका संस्थापक डा.आरजु राणा (देउवा) का प्रति कृतज्ञ छौं ।
