कतार प्रहरीमा कार्यरत नेपाली युवा द्वारा क्यान्सर पिडित हर्क नाथलाइ ५३ हजार सहयोग

पदम जोरा जोगबुडा

नेपालको विभिन्न भुमीवाट कतार प्रहरी सेवामा रहेका नेपाली युवाहरुले डडेल्धुराको आलिताल गाउँपालिका सुखमल्लेका क्यान्सर पिडित हर्क नाथलाई ५३ हजार आर्थिक सहयोग गरेकाछन ।
विदेशी भुमी कतारमा रोजगारीमा रहेको युवाहरुले आफ्नो छाक गासँ कटाएर पनि आयश्रोत कमजोर भएका क्यान्सर पिडीत नाथको उपचारमा राहत पुगोस भनी आर्थिक संकलन गरी पिडीत नाथ दम्पतीलाई नगद हस्तान्तरण गरेको परशुराम नगरपालिका वडा.न. ४ कटाल घर भई कतार प्रहरीमा कार्यरत टेकराज गीरी टाईगर ले जानकारी दिनु भएको छ ।
आफु विदामा आएका वेला पिडीत नाथकै घरमा गई ५३ हजार सहयोग गरेको उनले गाउँघरन्यूज लाई जानकारी दिए ।
डडेल्धुरा जिल्ला कयौन युवाहरु कतार प्रहरी सेवा रहकोछन । सबैको सहकार्यमा क्यान्सर पिडीतलाई सहयोग गर्ने अभियान थालेको टेकराज गिरी टाईगरले जानकारी दिए ।
विदेशी भुमीवाट नेपाली युवाहरुले आर्थिक सहयोग जुटाइ दिएपछि उपचारमा केही सहयोग भएको पिडीत हर्क नाथले वताए ।
आफुहरुले गासँ, छाक र थोरै टेलीफोन खर्च कटाएर भए पनि क्यान्सर पिडीतलाई सहयोग गरेका हौं , स्थानीय सरकारले यि यस्ता गरीब, असाय, दृघरोगीहरुलाई सहयोग गर्नु पर्नेमा उनले जोड दिए ।
स्थानीय सरकार भने बिकासका नाममा डाडाँ काडाँमा डोजर लगाई खडेरी, पहिरो, भु–क्षय ,गर्ने काम गरी रहेको छ.

सडक खनी रहेको भनी बिकासका नाममा जनतालाई ललीपप खुवाए झै ढाटी रहेको उनले आरोप लगाएका छन ।
मानव जातीको चेतना विकास गर्न आजको अवश्कता हो । सडक ,शिक्षा, स्वास्थ्य संचार पुर्वाधार पनि मापढण्डमा टेकेर गर्नु हो तर यहाँ व्यतिथी भई रहेको उनले जिकीर गरेकाछन ।
युवाहरु वेरोजगार भई नेपाल भित्रीएका छन । सरकार संग युवा स्वरोजगारमुखी कार्यक्रम केही न भएको समेत उनले गुनासो गरे ।

bb

Leave A Reply

Your email address will not be published.