पदम जोरा, आलिताल
,
डडेल्धुराको आलिताल गाउँपालिका वडा.न. ३ को कार्यालय ७ दिनका लागि बन्द गरीएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना पोजेटीभ देखीपछि कार्यालय एक साताका लागि बन्दगरीएको छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको पौष १ गते स्वाव संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालमा परिक्षण गर्दाै १ कर्मचारीको रिर्पोट पोजेटीभ आएपछि संक्रमण बढ्न सक्ने सम्भावना र जोखीमलाई मध्यनजर गरी कार्यालय बन्द गरीएको वडा अध्यक्ष लोकेस महराले गाउँघरन्यूज लाई जानकारी दिए ।
वडा कार्यालय पौष ५ गते देखी १२ गते सम्मका लागि बन्द गरीएको छ । जोखीमलाई ध्यानमा राखि अर्काे सुचना जारी गरी सेवा सुचारु गरीने अध्यक्ष महराले वताए ।
पौष ५ गते एक सुचना जारी गर्दै वडा वाट प्रदान हुने सबै सेवा एक साताका लागि बन्द गरीएको कार्यालयद्वारा प्रकासित सुचनामा उल्लेख छ ।
