पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न. १० ले वडाका बिकास निर्माण तथा योजनाहरुलाई दिगो भरर्पदो र गुणस्तरीयतामा जोड दिएको छ । वडाले अनुशिक्षण कार्यक्रम संचालन गरी विकास निर्माण तथा योजनालाई दिगो पारीने वडा.न. १० का अध्यक्ष हर्क बहादुर कार्कीले बताए ।
बिभिन्न योजना, कार्यक्रम र विकास निर्माणमा हुने गरेको कमी कमजोरीलाई सुधारतर्फ लैजाने र योजना बिकास निर्माणलाई गुणस्तरीय, दिगोपन, भरपर्दो वनाउने आफ्नो लक्ष्य रहेको गाउँघरन्युजलाई अध्यक्षले जानकारी दिए ।
अनुशिक्षणका माध्यमवाट वडाका सबै विकास निर्माण र योजना कार्यक्रमहरुलाई दिगो , भरपर्दो र गुणस्तरीय वनाई लक्षित कार्यक्रमहरुमा लक्षित समुह , वर्गको प्रतिनिधित्व बढाउने मेरो लक्ष्य हो उनले थपे ।
२०७७ मंसिर २५ गते वडा कार्यालय कुरमुल्लेमा उपभोक्ता समितीका अध्यक्ष, कोषाध्यक्ष, सचिवहरुका लागि अनुशिक्षण कार्यक्रम समेत वडा संचालन गर्न लागिएको उनले बताए । जसले गर्दा उपभोक्ता र समितीका पदाधीकारीहरुमा अफनत्वको विकास हुने, योजना, बिकास र कार्यक्रम दिगो, भरपर्दो गुणस्तरीय हुने उनले बताएकाछन ।
