पदम जोरा,जोगबुडा,
परशुराम नगरपालिकाका स्वास्थ्य साखा संयोजक तेज बहादुर सिंहले व्यभार परिर्वतन भए मात्रै पोषणमा सुधार हुने वताएका छन ।
परशुराम नगरपालिका स्वास्थ्य साखा जोगबुडाले आयोजनामा गरेको बृहत पोषण प्याकेज सम्बन्धी तालिम सम्पन्न पश्चात गाउँघरन्युज अनलाईन संग कुरा गर्दै सिंहले अहिले देशकै पोषणको अवस्था सन्तोष जनक नरहेकाले सरकारले पोषण सुधारमा गरेको लगानीले प्रतिफल सोचे जस्तो नरहेको बताएकाछन ।
स्वास्थ्य विभागको सशर्त कार्यक्रम अन्तरगत परशुराम नगरपालिका स्वास्थ्य साखाले दुई चरणमा वृहत वपोषण प्याकेज सम्वन्धी स्वास्थ्यकमीका लागि तालिम संचालन गरेको हो ।
पहिलो चरण अन्तरगत २०७७ कार्तिक १७ गते देखी र दोस्रो चरण अन्तरगत मंसिर ९ देखी १५ गते सम्म संचालन भएको उनले बताए ।
१८ जना स्वास्थ्यकर्मी सहित सरोकारवालाहरु लाई पोषणका ५ वटा चरणका वारेमा पुर्नताजकी गराइएको उनले बताए ।
आधारभूत तालिमको सहजीकरण शिर्ष स्वास्थ्य चौकी ईन्चार्ज धनीराम बोहराले गरेको थियो । अहिले आमा र शिसु पोषण, अवस्थामा सोचेको सुधार नहुन सकेको उनले बताए ।
व्यभार परिर्वतन छैन , बिद्यालय, दिवाखाजामा पोषण कार्यक्रम , सहित संचालन हुदाँ व्यभार परिर्वतन नभएकाले र आम नागरीकले हेलचक्र्याई गर्दा पोषणमा सुधार ल्याउन असहज भएको सिंहले वताए ।
कठीनाई छैन , हाम्रो दैनिक भान्छा , करेसावारीमा धेरै पौष्टीक तत्व प्राप्त हरियो साग पातहरु छन तर खानपिन र व्यभार परिर्वतन गर्न जरुरी छ उनले थपे ।
समग्र डडेल्धुरा र परशुराम नगरपालिकाको पोषणको अवस्था सुधार गर्न सम्र्पुण सरकारी तथा गैर सकारी संघ संस्था , स्वास्थ्यकर्मी संचारजगतवाट सचेतीकरण गर्न सके व्यवभार परिवर्तन भई पोषणमा सुधार ल्याउन सकिन्ने उनको भनाई रहेको छ । १२ वटा वडा रहेको परशुराम नगरपालिकामा समग्र स्वास्थ्यको सुधार ल्याउन समेत स्वास्थ्य साखा नीकै जोडदारका साथ लागी रहेको उनले बताएइका छन ।
