पदम जोरा, आलिताल–डडेल्धुरा
डडेल्धुराको आलिताल गाउँपालिकाले आधुनिक कृषिमा जोड दिई रहेकोे गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले गाउँघरन्यूज लाई बताए ।युनडिपी को साझेदारीमा गाउँपालिकाले ८ वटै वडाहरुमा आधुनीक कृषि औजार र विउँ विजन वितरण गरी कृषि क्षेत्र फस्टाउन जोड दिई रहेको बताएकाछन ।
आर्थिक बर्ष २०७७÷०७८ मा प्रत्येक वडाका कृषकहरुलाई आधुनीक कृषि प्रबिधि संग जोडी रोजगारी समेत सृजना हुने गाउँपालिका अध्यक्ष गुरुङले बताएका छन ।
यो वर्ष विश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरसले युवाहरु गाउँ फर्कीएकाले युवाहरुलाई कृषि , पशुपालन, तरकारीखेती तर्फ आकर्षण बढाउन जरुरी रहेको समेत अध्यक्ष गुरुङले बताए ।
सिड्स नेपाल र गाउँपालिकाको साझेदारीमा ८ वटै वडाहरुमा २५ कृषकहरुलाई विउविजन, थोपासिचाई टंकी, पोलीहाउस, र्गाडेन पाईप, सिचाईहजारी, फिरफिरे, भिटामीन किटनासक विशादी आदि साग्रीहरु हस्तान्तण गर्न लागिएको सिड्स नेपालका पशुसेवा प्राबिधिक हर्क बहादुर बिष्टले बताएका छन ।
वडा.न ४ र वडा ५ मा सिड्स नेपालको सहजीकरणमा कृषि सामग्री र विउँ विजन वडा कार्यालय लाई हस्तान्तरण गरीएको विष्टले वताए ।
। आधुनिक कृषि औजार र विउँ विजनको सहि सदुपयोग गरी खाली जमिनलाई प्रयोगमा तरकारी, खेती, आधुनीक खेती प्रबिधी र पशुपालन गर्न कृषकहरु अग्रसर छन, यसरी कृषि क्षेत्र फस्टाउने गुरुङले बताए ।
स्थानीय कृषकहरुले फसल रुपमा स्थानीय उत्पादन गर्न सकेमा गाउँपालिका अनुदान, ढुवानी, वजारीकरणका लागि सहयोग गर्न प्रतिबद्व रहेको समेत उनले बताए ।
आईतवार गाउँपालिकको वडा.न ५ का वडा अध्यक्ष प्रकास बोहराको सभापतित्व तथा गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङको प्रमुख आतिथ्यता र उपाध्यक्ष ज्वला देबी वोगटीको विशिष्ठ आतिथ्यतामा कृषि उपकरण र विउँ विजन हस्तान्तरण गरीएको हो । उक्त सामग्री हरु अन्य वडाहरुमा पनि वितरण गरीने विष्टले वताए । सिड्स नेपालले गाउँपालिका र युयनडीपीको साझेदारीमा कृषिको क्षेत्रमा कार्यक्रम संचालन गरी रहेको छ । वडा मार्फत लक्षित कृषकलाई आधुनीक कृषि उपकरण र विउविजनहरु वितरण गरीने वडा अध्यक्ष प्रकास बोहराले बताए ।
