परशुराम ६ को आयोजनामा नगर स्तरीय क्रिकेट प्रतियोगिता : अध्यक्ष सिंह

पदम जोरा,

परशुराम नगरपालिका वडा.न. ६ कुणाको आयोजनामा नगर स्तरिय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । पन्तुरा खोलाले बगाई ज्यान गुमाएका वडा.न. ६ का वडा सदस्य स्व.नरबहादुर धामीको सम्झनामा वडाको बार्षिक स्वीकृत कार्यक्रमवाट स्व.नरबहादुर स्मृतिकफ प्रतियोगिता संचालन गर्दै आएको वडा अध्यक्ष खगेन्द्र बहादुर सिंहले वताए । वडा सदस्य स्व.धामी प्रति सम्झना र खेलप्रति युवाको आक्रषण बढाई खेलाडी उत्पादन गर्ने उदेश्यका साथ पछिल्लो समय युवाको लोकप्रिय बन्दै गएको क्रिकेट खेललाई प्रतियोगिता रुपमा संचालन गरीने गाउँघरन्युजलाई सिंहले जानकारी दिए ।
प्रतियोगितामा नगरभित्रका स्थायी वसोवास गर्ने युवा खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने , बिजेताले ४० हजार नगद , ट्रफि,मेडल र प्रमाण पत्र उप–विजेताले २० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र , उत्कृष्ट, व्याट्सम्यान, उत्कृष्ट वोलरलाई समेत पुरुस्कारको व्यवस्था गरीनेछ शिंहले बताए ।
प्रतियोगिता २०७७ मंसिर ७ गते परशुराम ६ बण्ड(पुरानो चौकी )रहेको फिल्डमा उद्घाटन हुने उनले बताए । पुरुस्कार राशिमा नेपाल सरकारको नियमाअनुसार करकट्टी गरीने आयोजकले जानकारी दिनु भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.