पदम जोरा ,जोगबुडा
शुदुरपश्चिम प्रदेशकै शुप्रशिद्व धार्मीक तथा पर्यटकीय स्थल डडेल्धुराको परशुराम नगरपालिका ५ परिगाउँमा अवस्थित परशुराम तीर्थमा गुरुकुल आश्रम भवन बन्ने भएको छ ।
कञ्चनपुर जिल्लाको वेतकोट नगरपालिका वडा.न ९ निवासी धार्मीक आस्थावान, आध्यात्मीक चिन्तन भएको समाजसेबी वासुदेब ओझाको व्यक्तिगत लगानीमा भवन निर्माण हुने भएको छ ।
उक्त भवन ४१ फिट लम्वाई र ४४ फिट चौडाईको निर्माण हुने परशुराम क्षेत्र विकास समितीका अध्यक्ष प्रेम चन्द ठकुरीले गाउँघरन्यूज लाई बताए ।
उक्त आश्रमको शिलान्यास २०७७ कार्तिक २९ गते लक्ष्मीपुजाको अवसर पारी परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदवाट सिलान्यास हुन उनले जानकारी दिए ।
परशुराम नगरपालिकाको आयेजना तथा नगर–प्रमुख भीम बहादुर साँउदको पहलमा २०७५ साल पौश ३० गते देखी साताव्यापी सप्ताहज्ञान महायज्ञ तथा धार्मीक पर्यटन महा–महोत्सव सञ्चालन भएपछि परशुरामतीर्थको महत्व विश्वभर झल्कीनुका साथै प्रचार–प्रसार बढेको क्षेत्र विकास समितीका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिएकाछन ।
आफु नगर–प्रमुखमा उमेद्वारी दिन आएको पहिलो मेरो एजेण्डा परशुराम तीर्थको प्रचार–प्रसार गर्ने थियो आज परशुरामतीर्थ राष्ट्र र अन्तराष्ट्रमा चिनीदै गएको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले बताए । हामी सनातन हिन्दुधर्म माथी विश्वास गर्ने भएका कारण परशुरामतीर्थ संगै यस क्षेत्रका धार्मीक स्थलहरुलाई प्रचार–प्रसारमा ल्याउने मेरो दृढ संकल्प छ । ‘ नगर–प्रमुख साँउदले भने ।
