डडेल्धुरा : जिल्ला कारागार भित्रको पुस्तकायका लागी नेपाल प्रेस युनिययन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागी किताब उपलब्ध गराईएका हुन ।
बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधीकारीहरुले किताब कारागार लाई उपलब्ध गराए । कानुन सम्बधिका पुस्तक संगै प्रेरणा दायक, जीवन उपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराईएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा अध्यक्ष धन बहादुर भण्डारीले बताए ।
कानुन सम्बन्धि जानकारी र कैद भुक्तान गरिसके पछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागार लाई उपलब्ध गराईएको उनले बताए । यसले ज्ञान आर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दिहरु सहज हुने छ , उनले भने ।
बजेट अभावका कारण भौतिक पुर्वाधार लगायत कानुन प्रदत्त बिषय वस्तुहरुको पुर्ती नभएको अवस्थामा किताब र खेल सामाग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बावुराम आचार्यले बताए ।
