पदम जोरा, डडेल्धुरा
चितुवाको आक्रमण वाट ज्यान गुमाएका डडेल्धुराको भागेश्वर १ रुपाल जाखँका दिल बहादुर साउँद र वैतडीको शिवनाथ गाउँपालिका वगारकी माया महताका परिवारका लागि भागेश्वरका युवाहरुले थालेको आर्थिक संकलन सहयोग मा मलेसीया र अमेरीवाट समेत सहयोग जुटेको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न. १ रुपालको जाखँका १२ वर्षिय वालक दिल बहादुर साउँद र शिवनाथ गाउँपालिका वैतडी वगारकी माया महताको चितुवाको आक्रमण वाट ज्यान गएको छ ।
दिल बहादुर साउँदको आईतवार र माया महताको सोमवार ज्यान गएको हो ।
चितुवाको आक्रमण वाट भागेश्वर र बैतडीको शिवनाथ गाउँपालिकाको वगारका गरी ४ जना स्थानीयहरु घाईते बनाएको हो ।
चितुवाको आक्रमण वाट ज्यान गुमाएका बालक र माया महताको परिवारिक अवस्था दयनीय रहेको अवस्थालाई मध्यनजर गरी डडेल्धुराको भागेश्वर गाउँपालिका १ , २ र ३ का सामाजिक अभियान्ता युवाहरुले आर्थिक संकलन अभिायन मंगलवारवाट सुरु गरेका छन । सामाजिक सद्भाव र मानवीय धर्म स्वरुप आफुहरु सहयोगमा जुटेको भागेश्वर गाउँपालिका वडा.न २ रुपाल घर भई एमपिडीयस डडेल्धुरामा कार्यरत ,नेविसंघ डडेल्धुरा सदस्य निरज जोराले जानकारी दिए ।
नेबिसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष हरिश महरा ,सदस्य निरज जोरा ,ट्रेड युनियन काङ्ग्रेस(युवा समितिका) सुदुरपश्चिम प्रदेस सदस्य मिलन भाट , डडेल्धुराको रुपाल घर भई डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्ने, धन बहादुर ठकुराठी, स्थानीय युवा लोक बहादुर ठकुराठीले सहितका युवाहरुको आर्थिक सहयोग संकलन मंगलवारवाट , सामाजिक संजाल र घरदैलो भेटघाट थालेका हुन ।
आर्थिक संकलन अभिायन अन्तरगत मंगलवार ३२ हजार ३ सय रुपैया संकलन भएको युवाहरुले वताएका छन ।
युवाहरुको अर्थ संकलन अभियानमा अमेरीकामा बस्दै आउनु भएका भागेश्वर १ रुपाल जाँख माईती घर र भागेश्वर गाउँपालिका कै देवल कर्म घर भई हाल अमेरीकामा बस्दै आउनु भएका सरस्वती ठकुराठी (पाल)ले अमेरीकावाट नगद १० हजार रुपैया आई एमई मार्फत नेपाल पठाएको युवा लोक बहादुर ठकुराठीले जानकारी दिए ।
त्यसै गरी गाउँपालिका १ रुपाल लाटादेउ घर भई हाल मलेसीयामा रोजगारीमा रहनु भएका हिमाल ठकुराठीले छाक, गासँ कटाई ३ हजार सहयोग गर्नु भएको छ ।
मर्दा र पर्दामा सहयोग गर्नु पर्छ भन्ने संस्कार झल्काई मानवीय धर्म निभाउन पिडीत परिवारलाई राहत स्वरुप आर्थिक संकलन गर्न जुटेका युवाहरुको अभियानको सर्वत्र प्रसंसा भई रहेको छ ।
