रेडियो परशुराम एफएमद्वारा निःशुल्क आधारभुत पत्रकारीता तालिम सम्पन्न

डडेल्धुरा जिल्ला आधाभन्दा वढि जनसंख्या ओगटेको ठूलो भुगोल क्षेत्र रहेको परशुराम नगरपालिका १२ मा रहेको परशुराम सूचना तथा संचार सहकारी संस्था लि. द्वारा संचालित रेडियो परशुराम एफ.एम. ९१.२ मेगाहर्जको आयोजनामा ५ दिने निः शुल्क आधारभुत पत्रकारिता उदघोषण र प्राबिधिक तालिम मंगलवार सम्पन्न भएको छ

रेडियो सञ्चालक समिति अध्यक्ष दल बहादुर साँउदको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साँउदको प्रमुख अतिथ्यतामामा तालिम सम्पन्न भएको हो ।

रेडियो प्रशारण क्षेत्र भित्रका करीब ३० जना किशोर–किशोरीहरुलाई पत्रकारीताका आधारभूत सिप सिकाउदै तालिम सम्पन्न भएको रेडियो परशुराम एफ.एम.का स्टेसन म्यानेजर पदम जोराले जानकारी दिए ।
। ५ दिनको निःशुल्क तालिममा सहभागीलाई प्रमुख अतिथी र सभाध्यक्ष, बिशिष्ठ अतिथीवाट प्रमाण–पत्र प्रदान गरीएका उनले बताए ।
कार्तिक २० गते सहकारीका अध्यक्ष राम बहादुर ऐरको अध्यक्षता तथा परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन भएको थियो ।
५ दिन सम्म पहिलो दिनको प्रशिक्षण , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, दोस्रो दिनको प्रशिक्षण कान्तीपुर टेलीभीजनका पत्रकार बरुण पनेरु, तेस्रो दिनको प्रशिक्षण परशुराम नगरपालिकाका कानुनी अधिकृत गोविन्द राज जोशी, शात्यिकार तथा लेखक कैलाश कुमार पाण्डेय, चौथो दिनको प्रशिक्षण चर्चित ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश प्रशाद अवस्थीले दिएका थिए ।
समापन समारोहमा बोल्दै बरिष्ठ पत्रकार तथा महासंघ केन्द्रीय उपाध्यक्ष डिआर पन्तले सबै क्षेत्रमा दखल भएमा मात्र पत्रकारीतामा अव्वल बन्न्न सकिने बताउनु भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.