चितुवाको आक्रमणमा ज्यान गुमाएका परिवारलाई भागेश्वरका युवाद्वारा ३२ हजार आर्थिक  सहयोग

लक्ष्मण पार्की,डडेल्धुरा

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न. १ रुपालको जाखँका १२ वर्षिय वालक दिल बहादुर साउँद र शिवनाथ गाउँपालिका वैतडी वगारकी माया महताको चितुवाको आक्रमण वाट ज्यान गएको छ ।

दिल बहादुर साउँदको आईतवार र माया महताको सोमवार ज्यान गएको हो ।चितुवाको आक्रमण वाट भागेश्वर र बैतडीको शिवनाथ गाउँपालिकाको वगारका गरी ४ जना स्थानीयहरु घाईते बनाएको हो ।
चितुवाको आक्रमण वाट ज्यान गुमाएका बालक र माया महताको परिवारिक अवस्था दयनीय रहेको अवस्थालाई मध्यनजर गरी डडेल्धुराको भागेश्वर गाउँपालिका १ , २ र ३ का सामाजिक अभियान्ता युवाहरुले ३२ हजार ३ सय रुपैया आर्थिक संकलन गरी सहयोग गरेकाछन ।
सामाजिक सद्भाव र मानवीय धर्म स्वरुप आफुहरु सहयोगमा जुटेको भागेश्वर गाउँपालिका वडा.न २ रुपाल घर भई एमपिडीयस डडेल्धुरामा कार्यरत तथा नेविसंघ डडेल्धुरा सदस्य निरज जोराले जानकारी दिए ।
नेबिसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष हरिश महरा ,सदस्य निरज जोरा ,ट्रेड युनियन काङ्ग्रेस(युवा समितिका) सुदुरपश्चिम प्रदेस सदस्य मिलन भाट , डडेल्धुराको रुपाल घर भई डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्ने, धन बहादुर ठकुराठी सहितका युवाहरु

को पहलमा आर्थिक संकलन गरीएको उनले जानकारी दिए ।
भागेस्वर गाउँपालिका घर भई डडेल्धुरा सदरमुकाममा बिभिन्न रोजगारी र व्यवसाय गर्दै आएका ब्यक्तिहरुबाट आर्थिक संकलन गरी पिडीत परिवारलाई सहयोग गरीएको हो ।
मर्दा र पर्दामा सहयोग गर्नु पर्छ भन्ने संस्कार झल्काई मानवीय धर्म निभाउन पिडीत परिवारलाई राहत स्वरुप आर्थिक संकलन गरी सहयोग जुटेको भागेश्वर १ रुपाल घर भएका नेबिसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष हरि महराले वताए ।
युवाहरुको पहलमा मंगलवार ३२ हजार ३ सय रुपैया आर्थिक संकलन भएकोमा पिडीत परिवारलाई हस्तान्तरण गरीएको महराले जानकारी दिए । उक्त अभिायन जारी रहेको युुवाहरुको भनाई रहेको छ ।
उक्त आर्थिक संकलन सहयोगमा डडेल्धुरा भागेश्वर गाउँपालिका, अध्यक्ष कौशिला कुमारी भट्ट, जिल्ला स्थित सरकारी गैर सरकारी संघ संस्थाहरुको साथ सहयोग सर्मथन रहेको उहाँहरुको भनाई रहेको छ । स्थानीयहरुले घरेलु हतियारले चितुवालाई मारी सकेकाछन । चितुवा डिभिजन वन कार्यालय डडेल्धुरामा ल्याईएको छ ।

bb

Leave A Reply

Your email address will not be published.