परशुराम– ६ का प्रधानाध्यापकहरु कम्प्युटर सिक्दै

पदम जोरा, जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ ले सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई कम्प्यूटर सिकाई प्रबिधिसंग जोडी रहेको छ ।
२१औं सताव्दीको प्रबिधी मैत्री शिक्षासंग शिक्षक, बिदार्थीहरु जोड्ने उदेश्यका साथ वडा. ६ को ६४ हजार बजेट वाट कम्प्युटर सिकाउन लागेको वडा.न ६ का अध्यक्ष खगेन्द्र बहादुर सिंहले वताए । वडामा रहेका ५ सामुदायिक बिद्यालयका ५ जना प्रधानाध्यापकलाई पहिलो चरण अन्तरगत कम्प्युटर सिकाईने उनले जानकारी दिए ।
पुरानै शैलीलाई परिर्माजित गरी कार्यालयका काम–काजहरु कम्प्युटर प्रणालीमा वाट गर्न सहज होस भनी प्र.अ.लाई पहिलोचरणमा कप्युटर सिकाईन्छ प्र.अ.हरुले अन्य शिक्षक र बिद्यार्थी लाई सिकाउछन र समयसापेक्ष प्रबिधि वडाका बिद्यालयहरु पनि जोडीने उनले बताए ।
प्रधानाध्यापकलाई कम्प्युटर सिकाई प्रबिधिी संग जोड्ने वडा.न ६ र वडा अध्यक्षको प्रयास समयसापेक्ष प्रभावकारी रहेको परशुराम नगरपालिकाका शिक्षासाखा प्रमुख केहर सिंह बडैलाले जानकारी दिनु भएको छ । यतिमात्र होईन , ईमेल ईन्टरनेट, कप्युटर हार्डवयर र सफ्टवरय सम्म पनि शिक्षक कर्मचारीलाई सिकाउन सके अझै सहज हुने उनले गाँघरन्यूजलाई बताए ।

bb

Leave A Reply

Your email address will not be published.