नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतककाे संख्या ९ सय २० पुग्याे

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ३ हजार ५ सय १७ जनामा काेराेना संक्रमण देखिएकाे छ भने काेराेनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

२४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

bb

Leave A Reply

Your email address will not be published.