ब्यासका जनप्रतिनिधिलाई संबैधानिक ब्यवस्था सम्बन्धी अनुशिक्षण

डडेल्धुरा : सुदूरपश्चिम प्रादेशिक सुशासन केन्द्र सिलगढीले दार्चुलाको दुगर्म ब्यास गाउँपालिका जनप्रतिनिधिहरु,सरोकारवालालाई नेपालको संबैधानिक ब्यबस्था, स्थानीय शासन र बिकास प्रकृया सम्बन्धमा अनुशिक्षण कार्यक्रम गरेको छ ।
नेपालका संबैधानिक ब्यबस्था, संघियताका मर्म र उपादेयता, स्थानीय शासनमा सहभागिता र पारदर्शिताको मुलभुत सिद्दान्तहरु, स्थानीय शासन, शुसासन, उत्तर दायीत्व तथा जबाफदेहिताका बिषयमा प्रशिक्षण गरिएको छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक सुशासन केन्द्रको परिचयात्मक देखि बार्षिक कार्यक्रम, पारदर्शिता र सहभागिताका बारेमा र दिगो बिकास तथा यसको स्थानीयकरणका बिषयमा करिकुलम डेभ्लप्मेन्ट एक्सपर्ट गंगादत्त पनेरुले प्रशिक्षण दिनुभएको छ ।
कार्यक्रममा जनप्रतिनिधिहरु अन्य गरेर ४१ जनाको सहभागीता रहेको थियो । दुर्गम, पछाडी पारिएको र पछाडी परेको क्षेत्र भएकाले धेरै जसो कृयाकलाप ब्यास गाउँपालिकामा गरेर यहांको बिकास अगाडी बढाउने कुरा प्रादेशिक सुशासन केन्द्रका कार्यकारी निर्देशक पदमराज जोशीले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता ब्यास गाउपालीकाका उपाध्यक्ष हेमा भट्ट जोशीले गर्नु भएको थियो भने प्रमुख अथिती प्रादेशिक सुशासन केन्द्रका कार्यकारी निर्देशक जोशी रहनु भएको थियो कार्यक्रम संचालन प्रादेशिक सुशासन केन्द्रका करिकुलम डेभ्लप्मेन्ट एक्सपर्ट गंगादत्त पनेरुले गर्नुभएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.