कोरोना परीक्षण तथा उपचार खर्च स्वयं संक्रमितले नै व्यहोर्नुपर्ने : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कोभिड १९ को परीक्षण तथा उपचार खर्च स्वयं संक्रमितले नै व्यहोर्नुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक रुपले विपन्न, असक्त, अपांग, एकल महिला, जेष्ठ नागरिक, अंग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा जोखिमपुर्ण कार्यमा खटिने कर्मचारी तथा असहय अवस्थामा रहेका व्यक्तिहरुलाई लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिनेछ । तर ती व्यक्तिहरुले कुनै कम्पनीबाट विमा गरेमा परीक्षण तथा उपचार खर्च व्यक्तिको विमाबाट व्यहोनुपर्ने मन्त्रालयले जनाएको छ ।

अन्य सर्वसाधारणले आफ्नै खर्चमा उपचार तथा परीक्षण गर्नुपर्नेछ । यस नियम हरेक अस्पताल तथा प्रयोगशालाहरुमा कार्तिक २ गतेबाट लागु हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

bb

Leave A Reply

Your email address will not be published.