सरकारी सवारी साधनको दुरुपयोग राेक डडेल्धुरा नेबि संघकाे ज्ञापन पत्र

डडेल्धुरामा सरकारी सवारी साधनहरुको दुरुपयोग भइरहेको भन्दै नेपाल विद्यार्थी संघले तत्काल दुरुपयोग रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

राम धामी, डडेल्धुरा– डडेल्धुरामा सरकारी सवारी साधनहरुको दुरुपयोग भइरहेको भन्दै नेपाल विद्यार्थी संघले तत्काल दुरुपयोग रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

सरकारी सवारी साधनहरु सरकारी कामवाहेक ब्यक्तिगत कामका साथै अवैधानिक कृयाकलापमा समेत दुरुपयोग गरिएको भन्दै शुक्रबार नेपाल विद्यार्थी संघले चार दिन भित्रै यसप्रकारका गतिविधी रोक्न अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएको हो।

डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघका नेता जगत ऐरलगायतको एक समुहले चार दिन भित्रै सरकारी सवारी सधानहरुको दुरुपयोग रोक्न स्थानीय प्रशासन समक्ष माग गरेको छ।

चारदिन भित्र स्थानीय प्रशासनले आवश्यक कारवाही प्रकृया अघि बढाएर सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न नसकेमा नेपाल विद्यार्थी संघले दुरुपयोग गरिएका सरकारी सवारी साधनहरु कब्जामा लिएर प्रमाणसहित कारवाहीका लागि स्थानीय प्रशासन समक्ष पेश गरिने विद्यार्थीहरुले बताए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले सरकारी सवारी साधनहरुको दुरुपयोग भइरहेको सन्दर्भमा आफूलाई पनि पटक–पटक गुनासो आउने गरेको बताउदै कार्यालय प्रमुखहरुको नियमित मासिक बैठकमा सो बिषयमा छलफल गरेर कडाईका साथ दुरुपयोग रोक्न पहल गरिने बताए।

नेपाल विद्यार्थी संघ डडेल्धुराले यस्ता खाले सूचना उपलब्ध गराएर स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्न आग्रह गर्दै आफै कानून हातमा लिने परिपाटीको अन्त्यका लागि पनि पहल गर्न प्रजिअ वास्तोलाले आग्रह गरे।

नेपाल विद्यार्थी संघ डडेल्धुराले भने स्थानीय प्रशासनले सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न ढिलाई गरेमा चार दिन पश्चात त्यस किसिमका कृयाकलापमा संलग्न ब्यक्तिहरुलाई समातेर प्रमाणसहित कारवाहीका लागि पेश गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिएको छ।

bb

Leave A Reply

Your email address will not be published.