दार्चुला र डाेटीका ४७ जनालाइ काेराेना

डडेल्धुरा, सुदूरपश्चिम प्रदेशका दार्चुला र डाेटीमा बिहीबार थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएका हुन्। थपिएका संक्रमितहरु दार्चुला र डोटीका रहेका छन्।
प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार प्रयोगशालामा एक सय ४० नमुना परीक्षण गरिएको थियो।

bb

Leave A Reply

Your email address will not be published.