काेराेना बढ्न थालेपछि प्रशासनद्धारा कडाइ

राम धामी
डडेल्धुरा-पछिल्ला दिनहरुमा डडेल्धुरा जिल्लामा कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले कडाई गर्न थालेको छ।जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना महामारी सङ्क्रमण जोखिमको बर्तमान अवस्थामा नेपाल सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ।

मंगलबार डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित जनहितका लागि जारी सार्वजनिक सूचनामा जिल्लाभरि विद्यालय, कलेज र शैक्षिक संस्थाहरुमा हुने पठनपाठन, खेलकुद र अन्य भौतिक कृयाकलापहरु नगर्न आग्रह गरिएको छ।राजनीतिक दल र भातृ संगठनहरुले भिडभाड हुनेगरि राजनीतिक गतिविधीहरु आमशभा, गोष्ठी लगायतका कृयाकलापहरु नगर्ने र बिभिन्न क्लव तथा समुहहरुले आयोजना गर्ने खेलकुद लगायतका धैरै संख्यामा ब्यक्तिहरु जम्मा हुने गतिविधी नगर्न अनुरोध गरिएको छ।

यसैगरि, सबै प्रकारका मेला, जात्रा, पर्व, उत्सव तथा मन्दिरहरुमा हुने धार्मिक, सांस्कृतिक र सामाजिक जमघटहरु नगर्न र सार्वजनिक यातायात, व्यापार, उद्योग, सरकारी तथा निजी कार्यालयहरु, बैंक तथा वित्तीय संसथाहरु, बजार र व्यापारिक केन्द्रहरु लगायत मानिसहरुको भिडभाड हुने क्षेत्रहरुमा कोभिड–१९ को सङ्क्रमण जोखिम न्युनीकरण गर्न स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न र गराउन आग्रह गरिएको छ।

होटल रेष्टुरेन्ट, क्लव तथा खाजा र खाना खाने पसलहरुमा जमघट तथा भिडभाड हुन नदिन समेत सार्वजनिक सूचना मार्फत आग्रह गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। उल्लेखित सबै बुँदाहरुको उल्लङ्घन गरेको पाईएमा अटेरी गर्ने त्यसप्रकारका क्रियाकलापहरुमा संलग्न ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून अनुसार कडा कारवाही गरिने जनाईएको छ।

bb

Leave A Reply

Your email address will not be published.