डडेल्धुराका २ सहित थप ३ जनामा कोरोना संक्रमण

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप २ जनामा कोरोना पोजिटिभ देखिएको छ। बुधबार गरिएको कोभिड १९ परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार गरिएका ६७ नमूना परीक्षणमध्ये ३ नमुना पोजिटिभ र ६४ नेगेटिभ आएका छन् । जसमा डडेल्धुराका २ जना रहेका छन् भने दार्चुला १ जना रहेका डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले जानकारी दिए ।
जसमध्ये जिल्लाको अमरगढी नगरपालिका का १ जना र नवदुर्गा गाउँपालिकाका १ जना गरी डडेल्धुरामा २ जना कोरोना संक्रमित थपिएका हुन् । दार्चुला महाकाली नगरपालिकामा १ जना संक्रमित रहेका अस्पतालले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.