पर्यटनको ट्रान्जीट डडेल्धुरा

सदुरमुकामै बसेर अमरगढी किल्ला, अजयमेरुकोट, पशुराम क्षेत्र, घटाल थान एकैदिनमा घुमफिर गरेर फर्किन सकिन्छ

बरुण पनेरु , डडेल्धुरा

डडेल्धुराको बीर अमरसिंह थापाले बनाएके ऐतिहासिक अमरगढी किल्ला वा डोटेली राज्यको ग्रीमकालीन राजधानी अजयमेरुकोट हुदैं पवित्र महाभारत क्षेत्र । डडेल्धुराकै प्रसिद्ध उग्रतारा मन्दिर होस् यहाँ महाकालि नदीमै रहेको प्रशिद्ध धार्मिक स्थल परशुराम धाम । यी थुप्रैं सम्प्रदाको बेजोड संगम रहेको छ ।

पर्यटन ब्यबसायका दृष्टिकोणले हेर्ने हो भने डडेल्धुरा जिल्ला नेपालका प्रमुख गन्तब्यहरु मध्ये शिर्षस्थ स्थान प्राप्त गर्न सक्ने सम्भावना भएको जिल्ला हो । यस जिल्लाको सदरमुकाममा रहेको खलंगा बजार कैलालीको धनगढी बजार देखी उत्तर तर्फ १३३ किलोमिटर वर्ग दुरीमा अवस्थित छ ।

डडेल्धुराका पर्यटकीय विकासका लागि ट्रान्जीट प्वाईन्ट बन्न सक्छ । सदुरमुकामै बसेर अमरगढी किल्ला, अजयमेरुकोट, पशुराम क्षेत्र, घटाल थान एकैदिनमा घुमफिर गरेर फर्किन सकिन्छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा रहेका प्रशिद्ध पर्यटकीय तथा धार्मिक स्थलहरु घुम्ने मौसल अहिले नै हो । ऐतिहासिक, पुरातात्विक, एवं धार्मिक दृष्णिकोणले महत्वपुर्ण पर्यटकीयस्थलहरु प्रयाप्त रहेका छन । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्ला सर्वसधारणका लागि खुला गरिएपछि पर्यटनका लागि महत्वपुर्ण स्थलका रुपमा परिचित हुन थालेको छ झण्डै २१०० मिटर उचाईमा रहेको यस ऐतिहासिक किल्लाको निमार्णकार्य वि.स.१८४७ भएको थियो ।

यहाँ रहेको शिलालेखबाट स्पष्ट भए अनुसार यस क्षेत्रका प्रशासक अमर सिहँ थापाले सो किल्लाको निमार्ण गरेकाले किल्लाको नाम अमरगढी किल्ला रहेको हो । नेपालको सिमा एकीकरणका क्रममा पश्चिम काँगडा जित्नु अघि यहि किल्ला मार्फत गोर्खाली फौजले युद्ध लडेको इतिहासमा पढ्न पाईन्छ । नेपाल एकीकरणसँगै नेपालीहरुको बिरताको इतिहास बोकेको यो प्राचीन किल्ला ऐतिहासिक अध्ययनका लागि आउनेहरुका लागि मात्रै नभएर अत्यान्तै सुन्दर र कलात्मक भएकाले सर्वसाधारणलाई समेत उत्तिक्कै मोहित तुल्याउन सक्ने पर्यटकीय स्थल हो । डडेल्धुरा सदरमुकामबाट दुई घण्टाको दुरीमा रहेको अजयमेरु गाविसमा रहेको ‘अजयमेरु कोट’ यस्तै ऐतिहासिक दरबार मध्येको एक हो ।

वि.स. १४४१ तिर भारतबाट आएका कत्युरबंसी मल्ल राजाहरु मध्येका प्रभावशाली राजा नाग मल्लको शासन ब्यवस्थाको इतिहाससँगै जोडिएको सो दरबार समेत रमणीय पर्यटकीय ऐतिहासिक स्थलका रुपमा रहेको छ । जिल्लाको देवलदिब्यपुर गाविस र अन्य छिमेकी गाविसहरुमा समेत रहेका देवलहरु समेत धार्मिक पर्यटकहरुका लागि प्रयाप्त सम्भाव्य स्थलहरु हुन । जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाविसमा रहेको यस क्षेत्रकै ठुलो ताल आलिताल, जोगबुडा गाविसमा रहेको धार्मिक महत्व समेत बोकेको रमणीय झिलमिला ताल, साईलेक झरना, रुपाल गाविसमा कुमड््गडा झरना, गाङ्खेत गाविसमा लालिगुराँसको जँग्ल, महाभारत क्षेत्र र परशुराम धाम, बेताल, डागेश्वरी मन्दिर, लटागन्याप, सहश्रलिङ्ग, भागेश्वर मन्दिर लगायतका क्षेत्रहरु धार्मिक पर्यटनका लागि प्रयाप्त सम्भावनाका क्षेत्रहरु हुन ।

उग्रतारा मन्दिर
डडेल्धुरा सदरमुकाम देखि पाँच किलोमिटर टाँढा बैतडी, बझाङ्ग दार्चुलालाई जोड्ने दशरथचन्द राजमार्गको छेउमा रहेको प्रशिद्ध उग्रतारा भगवतीको मन्दिरमा छ ।
उग्रतारा भगबतीलाई आसुरी शक्ति माथि दैवी शक्तिको र असत्यमाथि सत्यको बिजयको रुपमा लिने हुँदा सुदूरपश्चिमेलीहरु यो मन्दिरको बिशिष्ट महत्व राख्ने गर्दछन् । त्यसैले हरेक बर्ष कात्तिक शुक्लपक्ष पुर्णिमाका दिन ठुलो जात्रा (मेला) लाग्ने गर्दछ ।
मनका आकांक्षा पुरा गर्ने र सन्तान नभएकाहरुका लागि सन्तान दिने जनविश्वासका कारण आस्थाको केन्द्र मानिने उग्रतारा मन्दिरमा अघिल्ला बर्ष झै यस बर्षपनि छिमेकी राष्ट्र भारतका पिथौरागढ, नैनीताल,गढवाल,बनबासा टनकपुर लगायत सुदूरपश्चिमका ९ बटै जिल्लाबाट भक्तजनहरु मेला भर्न आउँछन् ।
उग्रतारा मन्दिरबाट सुदूरपश्चिम क्षेत्रमा पर्ने मनोरम हिमालहरु पनि हेर्न सकिन्छ । ‘मेलाका दिन सन्तान माग गर्न, राम्रो नौकरी पाउन,ब्यापार ब्यबसायको सफलताको काम गर्न टाढाटाढा देखि भक्तजनहरु आउने गर्छन ।, ‘ स्थानीय देवदत्त भट्टले भने, ‘मनोकामना पुरागर्ने देवीको रुपमा लिइने हुँदा उग्रतारा मन्दिरमा बढि धार्मिक दृष्टीले भक्तजनहरु आउँछन, त्यसैमा पनि मेलालाई धार्मिक जमघट र टाढाटाढाका इष्टमित्रहरुसंगको भेटगर्ने थलोका रुपमा लिईने भएकाले दशै तिहार भन्दा यहाँका बासिन्दा मेलापर्बलाई बढी महत्व दिने गर्छन । रोजगारका लागि घर छोडेर परदेशीएकाहरु पनि नौकरी छोडेर या छुट्टी मागेरै भएपनि मेलाका बेला घर फर्कने गर्छन ।
देवीको प्रतिमुर्ति र बस्त्रले सजिएको खम्बालाई नचाउदै,धुमाउदै लगिने गाँजले मन्दिरको वरिपरि रहेका तिनबटा जुजुनेउटा, नाचनटाकुरी र भुत्याउ बुङ्गा प्रकृति टाकुरामा गएर देवीले भागेश्वर, मालिका, दुर्गा र शिखर जस्ता धार्मिक स्थलतिर फर्केर अभिवादन गर्ने मेलाको प्रमुख आर्कषण मानिन्छ ।
मन्दिरमा कात्तिक शुक्लपक्ष पुर्णिमाका दिन मात्र नलागि बडादशैको महाअष्टमीमा रागाको बलि दिने तथा चैते दशैमा बोकाको बलि दिई मेला बनाउने प्रचलन रही आएको छ । मन्दिरको उत्पत्तीबारे प्रमाणित आधार नभेटिए पनि बुढापाकाको भनाई अनुसार मन्दिरको पुर्वतिर बस्ने साकी जातीहरुले गोरु जोत्ने बेला यि भगवतीलाई पाएर संरक्षण गरेको किम्वदन्ती रहेको पाइन्छ ।
प्यागोडा शैलिमा २०३८ सालमा मन्दिर पुनः निर्माण गरिएको हो । उग्रतारा धार्मिक मेलाका रुपले मात्र प्रसिद्ध नभइ डडेल्धुराको मुटुमा रमणीय स्थलमा रहेको हँुदा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ । यसको विकासका लागि नेपाल सरकारले ध्यान दिन सकेमा उग्रतारा क्षेत्र पर्यटकीय क्षेत्र मध्ये एक बन्ने छ ।
सुदूरपश्चिम क्षेत्रमा भगवतीका सात बहिनी रहेको जनविश्वास अनुसार सबै जिल्लाका मानिसहरु उग्रतारा भगवतीको दर्शन गर्ने गर्दछन ।

अजयमेरुकोट(दरबार)

डडेल्धुरा सदरमुकामबाट दुई घण्टाको पैदल दुरीमा पश्चिम तिर उत्तरबाट बगेको सानो खोलाको बिशाल ‘यु’ आकारको मोडाई बिच उठेको थुम्कोमा रहेको तत्कालिन डोटेली राजाहरुको दरवार पुग्दा जो कोहीलाई महसुस हुन्छ – यस्तो ठाँउमा डोटेली स्वर्ण युगलाई हाक्ने प्रशिद्धराजा नाग मल्ल कसरी बसेका होलान ?
यहाँ कार्तिकको अन्तिम साता जात्रा लाग्ने गर्दछ । चारैतिबाट डाडाँहरुले घेरिएको ‘अजयमेरुकोट’लाई अहिले हेर्दा यो डोटीराज्यको गृष्मकालीन राजधानी हो भनेर बिश्वास हुदैन् । तत्कालिन शक्तीशाली राज्य मानिने सिन्जा राज्यलाई समेत चुनौतीदिन सक्ने गरि अहिलेको सुदूरपश्चिममा स्थापित हुन गएका राजाहरुले अनेकौं सामन्त शोसित राज्य निर्माण गर्ने क्रममा दार्चुलाको उकुमा रहेको दरवार र डडेल्धुराको अजयमेरुकोट निर्माण गरेको बताइन्छ ।
अजयमेरुकोटलाई पर्यटकीय रुपका बिकास गर्न त्यसलाई पर्यटन केन्द बनाउन सकिन्छ । सदरमुकाम नजिकै रहेका सो ऐतिहासिक दरबारलाई घुमिफिरका राम्रो विकास गर्न सकिने छ । दरवार भित्र भएका बिद्रोहका कारणपछि गएर शाहीहरुले अजयमेरुकोटमा शासन गरेर आन्तरिक संर्घषको फाईदा उठाई सन १७३७ मा मुगल सरदार मजिव खानले डोटी राज्यमाथि आक्रमण गरेका थिए । वाह्य आक्रमण पछि डोटी राज्यका दरवारीयाहरु एक भएर कैलालीबाट मजिव खानलाई भगाई डोटी राज्यको संरक्षण गरेको पाईन्छ । चार दशक भन्दाबढी अजयमेरुबाट शासन गरेका डोटेली राजाहरुले यस क्षेत्रमा निर्माण गरेका देवलहरु, स्नान घर र पानी पधेरो ढुंगेकलाका अनुपम उदाहरण हुन ।
पहाड जस्तै त्येतिबेलाकाहरुले बनाएका ढुङ्गोका स्थुपहरु अहिले पनि छन् । राजा रणबहादुर शाहको शासन र बहादुर शाहको नायवीकालमा समपन्न यो बिजयपछि अमरसिंह थापा प्रसाशक भएर यहाँ आएका थिए । कालीपारीको बिजय अभियान सम्पन्न गर्न रणनैतिक महत्वको डोटी गौडौ अमरसिंह थापालाई सहायक भएको थियो । मुख्य दरवार रहेको क्षेत्र हेर्दै खतरनाक छ र ढुङ्गेयुद्धका दृष्टिकोणले उपयुक्त पनि ।

आलिताल ताल

सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने धनगढी–डडेल्धुरा भिमदत्त राजमार्ग देखि झन्डै १७ किलोमिटर उत्तर पश्चिममा पर्ने महाभारत पर्वत श्रृङखलाको फेदमा प्राकृतिक रुपमा भरिभराउ छ आलिताल । डडेल्धुरा जिल्लामा सबैभन्दा मनोमहक र ठुलो तालका रुपमा रहेको आलिताल दर्शकलाई घुमाउन उपयुक्त छ । डडेल्धुराको भित्रीमद्येश क्षेत्रमा पर्ने आलीताल गाबिस–४ आमसैन गाँउमा पर्ने तालको उत्पत्ती बारेमा प्रयाप्त र ठोस जानकारी कसैसंग नभएपनि आज भन्दा झन्डै दुई सय बर्षअघि गाँउलेले रोपाईगर्दा खेतहरुको आली धसिएर ताल बनेकोस्थानिय बुढापाकाहरुको भनाई छ । खेतको आली धसिएर ताल बनेको हुदा तालको नाम आलीताल रहेको भनाई छ । अहिले स्थानीय बासीन्दाले तालको नामबाटै गाबिसको नाम समेत आलिताल राखेका छन् । सुदूरपश्चिम क्षेत्रमा सवैभन्दा ठुलो मानिने यो तालको बरीपरी घुम्दा झन्डै एक घण्टा भन्दाबढी समय लाग्ने गर्छ । तर तालको लम्बाई चौडाई र गहिराई कति छ भन्ने बिषयमा वैज्ञानिक नापजाँच हुन सकेको छैन । लम्बाई गहिराई नापे देवता लाग्छ भन्ने अन्धबिश्वासका कारण स्थानीय वासिन्दाहरुले पनि तालको वास्तबिक क्षेत्रफल थाहा पाउन नसकेको स्थानीयबासिन्दा चन्द्रदेव बोहरा बताउँछन् । यो तालको विकासमा सरकारले ध्यान नदिए पनि स्थानिय बासिन्दाले यसलाई धार्मिकस्थलको रुपमा बिकास गर्न थालेका छन् । हिजो आज यहाँ बिबाह ब्रतबन्ध र बेलाबेलामा बनभोजको आयोजना गर्नेको संख्या बढ्दै गएको छ ।

परशुराम धाम
भगवान बिष्णुका दश अवतारमध्येका परशुराम भगवानले तपस्या गरी अमोद शक्तिशाली परशु(पर्सा) प्राप्त गरेको स्थलका रुपमा चिनिएको परशुराम क्षेत्र स्कन्द पुराणको मानस खण्डमा बर्णित अत्यन्तै पवित्र तिर्थस्थल भएको बिश्वास रहीआएको छ ।
संरक्षणको अभावमा प्रशिद्ध परशुराम धाम ओझेलमा परेको स्थानीय रमेश पनेरुले बताए । बर्षेनी पुस मसान्त र नयाँ बर्षको दिन बिशाल मेला लाग्ने सो तिर्थस्थलमा ग्रहण लागेको दिन समेत मेला लाग्ने गर्दछ । मेलाको दिन डडेल्धरा, डोटी, बैतडी लगायत छिमेकी जिल्लाहरुका साथै भारतका बिभिन्न ठाउँहरुबाट समेत श्रद्धालु भत्तजनहरुको ओईरो लाग्नुकासाथै सुदूरपश्चिम क्षेत्रमा रहेका बिभिन्न देवीदेवताका धामी झाक्रीहरु आ–आफ्नो घाटमा उपस्थित भएर काम्दै नुहाउने गर्दछन् ।
सुदूरपश्चिम क्षेत्रकै आस्थाको केन्द्र बिन्दुका रुपमा रहेको तिर्थस्थल परशुराम क्षेत्रमा भगवान परशुरामले नुहाउने गरेको परशुराम कुण्ड, उनका बुवाको जमाग्नी कुण्ड, आमा रेणुको टाउको काटीएको स्थल सुन्दर परि सरोवर धर्मराज युघिष्टिरको्का पालामा बनाएईएकोृ धर्मद्वार लगायतका धार्मीक क्षेत्रहरु रहेका परशुराम महात्मा राम नाथले बताए ।
किवदंन्ती अनुसार भगवान परशुरामको तपस्या भंग गर्न स्वर्गबाट देवराज ईन्द्रले परीहरु पठाएका थिए । परीहरुले नाच्ने गरेको ठाउँ हाल परीगाउँका रुपमा चिनिन्छ भने परीहरुको स्नान गर्ने स्थल स्थान परी सरोवर अत्यन्तै सुन्दर तलाउको रुपमा रहेको छ । प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको परशुराम थाममा सरकारी पक्षबाट कुनै पनि किसिमको संरक्षणको काम नभएको स्थानीयले बताउँछन् । भगवान परशुरामले तपस्या गर्दा होमकुण्ड होमेका जौतितल हाल ढुङाका रुपमा सो स्थलमा रहेका भनि सो स्थानमा रहेको चट्टानहरुलाई समेत स्थानीय बासिहरुले अपार श्रद्धाका साथ पुजा गर्ने गर्दछन् । मनोकामना पुर्ण गराउने तिर्थस्थलका रुपमा परिचित परशुराम क्षेत्रमा जोगबुढा बजारबाट कच्ची सडक पुगेको छ ।
महात्मा भन्छन–कागवानी पर्वत(हालको कौवानी)को पुर्वमा महेन्द्रपर्वत मालाको फेदमा श्यामा(महाकाली) र रेवती(रंगुन) नदीको संगम स्थलमा रहेको परशुराम क्षेत्र हिन्दु धर्मावलम्बीहरुका लागि भारतको हरिद्वारभन्दा पनि महोत्वपुर्ण तिर्थस्थल रहेको भनि पुराणमा बर्णन गरिएको छ । दैनिक हजारौं भक्तजनहरुले पुजाआजा गर्ने गरेको र धार्मीक रुपमा मात्र नभई पर्यटकिय दृष्टिकोणले समेत निकै सम्भावना बोके पौराणिक तिर्थस्थल परशुरामधामलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्नु पर्नेमा स्थानीय बासिन्दाहरुले जोड दिएका छन् ।

घटालथान मन्दिर
अमरगढि नगरपालीका अन्र्तगत वडा नंम्बर ३ मा रहेको घटाल बाबाको मन्दीर स्थानीय डोटी खोलाको किनारमा रहेको छ । महाभारतमा वर्णन गरीएअनुसार पाण्डवहरु वनवास हुदा यस क्षेत्रमा आएका थिए त्यस समयमा त्यहा रहेको तलाउको संरक्षण गर्न बसेकि राक्षसीसंग भीमसेनको संसर्गबाट घटोत्चकको जन्म भयो । तिनै भीमसेन पुत्र घटोत्चकको नाममा घटाल थान(ठाउँ)को निर्माण गरीएको यहाँका बुढापाकाहरुको भनाई छ
त्यसैले स्थानीयबासिन्दाहरु सोहीमा पुुजा आजा गर्ने गरेको छन् । डडेल्धुरा सदरमुकाम देखी २ किलोमिटर मात्र पश्चिम तिर रहेको सो घटालबाबा मन्दीरको समुचित बिकासको लागि भने कसैले सोच बिचार नगरेको स्थानीयबासिन्दाहरुको गुनासो छ । यो ठाउँमा प्रत्येक बर्ष बैशाख २ गतेका दिन बिशाला जात्रा(मेला) लाग्ने गर्दछ । प्रत्येक बर्ष लागे जात्रा भर्न कैलाली,कन्चनपुर र डडेल्धुराका ग्रामिण क्षेत्रबाट ठलो संख्या भक्तजनहरु आउने गरेको हुन्छन् । घटाल प्रति श्रद्धा गरी पुजपाठ गर्नेहरुको मनोकांक्षा पुर्णहुन्छ भन्ने कुरामा यहाका बासीन्दाहरु विश्वस्त छन ।
त्यसै बेला एक बुढी महिलाले घटाल बाबालाई श्राप दिएपछि पहिलो रहेको स्थानबाट खोलाले बगाए केही तल खोलाको निकालमा रोकीएका थिए । सोही ठाउँमा स्थानीय बासिन्दाहरुले पुजाआजा गर्न थालेका हुन । जिल्ला बिकास समितिले कहीले काही सानो मात्रा रकम दिने गरेपनि त्यो भने अपुग हुने गरेको छ ।
यहाँका बासिन्दाहरुले यसको संरक्षणको लागि घटाल क्षेत्र बिकास समिती गठन गरेपनि सरकारले सहयोग नगर्दा प्रचार प्रसार र ब्यावस्थीत हुन सकेको छैन् । अहिले यहाँ दैनिक मनोरन्जनका लागि पिकनिकहरु आउनेहरुको पनि भिड लागेको हुन्छ । सरकारले यस्ता धार्मीक एवम् पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार र बिकासग गर्न गरेको डडेल्धुरा जिल्लाकै पर्यटकिय बिकासको ठुलो सम्भावनाबोकेको छ घटाल बाबाको मन्दीरले । सो ठाउँ प्रत्येक बर्ष बैशाख २ गते लाग्ने बिशाल जात्रालाई पनि अझै ब्यावस्थित बनाउन सके पर्यटन बिकास हुने बताउछन्

कसरी पुग्ने
काठमाण्डौंबाट हवाई यात्रा गर्नेहरुले धनगढी सम्म जहाजमा आउन सकिन्छ भने त्यहाँका १३५ किलोमिटर पहाड तिर आउदाँ डडेल्धुरा पुगिन्छ । डडेल्धुरा सदरमुकामबाट उग्रतारा २ किलोमिटर, अजयमेरुकोट ३ घण्टा पैदल पुगिन्छ भने एक दिनमा आलिताल र परशुरामधाम पुग्न सकिन्छ । काठमाण्डौंबाट बस यात्रा गर्नेहरुका लागि सिधैं डडेल्धुरामा बस यात्रामा पुग्न सकिन्छ ।

खर्च
डडेल्धुरा घुम्न, बस्न, खानपिनका लागि २० हजार भएपुग्छ ।

bb

Leave A Reply

Your email address will not be published.