कर्मचारी भर्नाका दोशीलाई कारवाही हुन्छ : मेयर विष्ट

पदम जोरा, डडेल्धुरा : बझाङ जिल्लाको बुङ्गल नगरपालिकाको स्वास्थ्य साखा अन्तरगत कर्मचारी पदपुर्तिका दोशीलाई कारवाही गरीने बुङ्गल नगरपालिकाका नगर–प्रमुख धन बहादुर विष्टले बताएका छन ।
२०७७ असोज १४ गते बुङल नगरपालिका स्वास्थ्य साखा अन्तरगत कर्मचारी पदपुर्ती गर्नको लागि मौेखिक परिक्षाको नतिजा समयमा प्रकासन नभएको बिषयलाई लिएर आफ्नो नाम जोडी केही व्यक्तिहरुले मेयर धन बहादुर विष्टले आफुले चाहेका व्यक्तिलाई उतिर्ण गराउन भनी नामावली र हस्ताक्षर सहितको कागजको टुक्रा परिक्षाहलमा फालेको सो पत्र भेटिएको भनी खवर संचार माध्यम र सामाजिक संजालमा आएको प्रति मेयर बिष्टले आपक्ति जनाएका छन ।
मेयर विष्टले भने , हाम्रा न भई राम्रा र दक्ष कर्मचारी पदपुर्ति हुनु पर्ने मेरो लक्ष्य हो । परिक्षा संचालन भएको दिन नगरपालिका कार्यालय भन्दा म टाढा थिए, मेरो हस्ताक्षरको नक्कल गरी परिक्षाहलमा भेटीएको भनी सामाजिक संजाल र सञ्चार माध्यममा तथ्य हिन खवर प्रति मेरो घोर आपत्ति छ’ ।
यसरी सत्य, तथ्य नबुझी समाचार सम्प्रेशण गर्ने र राजनैतिक पुर्वाग्रही ढंगवाट सामाजिक संजालमा बदनाम गर्ने कार्य नगर्न नगराउन समेत विष्टले सम्वनधीत व्यक्ति र संचार माध्यमलाई आग्रह गर्नु भएको छ ।
उक्त घटनाको छानवीनका लागि नगरपालिकाले डम्मर धामीको संयोजकत्वमा ३ सदस्यीय समिती गठन गरी छानबिन अगाडी बढीरहेको समेत बिष्टले वताए ।
दोशीमाथी कडा कारवाहीको समेत गरीने उनले गाउँघरन्यूजलाई जानकारी दिएका छन ।

bb

Leave A Reply

Your email address will not be published.