कञ्चनपुरका पत्रकार सुरेश धामीलाई कोरोना पोजेटीभ

कञ्चनपुर– कञ्चनपुरमा पहिलो पटक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। अपि टुडे दैनिक पत्रिकाका प्रकाशक  सुरेश धामीमा शनिबार कोरोना पुष्टि भएको हो।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना महामारीको शिकार भएको उल्लेख गरेका छन्। उहाँले लेखेका छन, ‘विश्वव्यापी फैलिएको कोरोना महामारीको शिकार म पनि भएको छु। साथीभाई इष्टमित्र तथा आफन्तको आर्शिवाद र इष्टकुल देवताको कृपाले छिट्टै कोरोना जित्नेमा ढुक्क छु।’ उनले आफूलाई बोल्न समस्या भएको समेत स्टाटसमा उल्लेख गरेका छन्।

धामीलाई अहिले सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखिएको छ। उनमा संक्रमण पुष्टि भएसँगै धामीको सम्पर्कमा आएका पत्रकारहरुलाई सेल्फ क्वारेन्टिनमा बसेर परीक्षण गराउन नेपाल पत्रकार महासंघ कञ्चनपुरले आग्रह गरेको छ।

bb

Leave A Reply

Your email address will not be published.