पटक पटक बिमानस्थल परिक्षण उठान मात्रै , नियमित उठान हुने छाटकाट छैन ।(भिडियाे)

डडेल्धुरा : सुदूरपश्चिममका बिभिन्न जिल्लामा रहेका विमानस्थलमा पटक पटक परीक्षण उडान हुन्छ तर, हवाइ सेवा भने नियमित कहिल्यै हुँदैन । मन्त्री फेरिने बित्तिकै परीक्षण उडानमा नाममा तामझाम हुने तर सेवा सुचारु नहुने नियति रोकिएको छैन ।
शनिबार संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैतडीको पाटन, बझाङ्गको चैनपुर र डोटीको दिपायलबिमानस्थलमा परीक्षण उडानको उद्घाटन गरे । यीविमानस्थलमा परीक्षण उडान भएको पहिलो पटक होइन । यसअघि २०६८ मातत्कालिन पर्यटनमन्त्री लोकेन्द्र बिष्टले पनि यसैगरी तामझामका साथ परीक्षण उडान गर्दै चाँडै नियमित उडान हुने उद्घोष गरेकाथिए । आश्वासनत नेता, सांसद र मन्त्री पिच्छे कति हुन् कति । तर, बिमानस्थल अलपत्र परेको अढाई दशकभन्दा बढी भयो । अब नियमित बिमानस्थलहरु संचालन हुनु पर्ने स्थानीय प्रताप महराले बताए ।
बैतडीको पाटन बिमान स्थलमा२०५२ यतातीन पटक परीक्षण उडान भइसक्यो ।अरु विमानस्थलको अवस्थापनि यस्तै हो, सस्तो प्रचारवाजीका लागि बिना योजना मन्त्रीपिच्छे बिमान स्थलउद्घाटन हुन्छ ।  १० वटा बिमानस्थल रहेको सुदूरपश्चिममा गेटा विमानस्थल बाहेक सबै बन्दछन् ।

द्वन्द्वकालमा तत्कालीन बिद्रोही माओवादीको निसानामा परेपछि बिमानस्थल बन्द भएका थिए । अधिकांश विमानस्थलको स्तरोन्नती गरिएको भएपनि उडान सुचारु गरिएको छैन । बरु, आश्वासन चाँही चुनाव र सरकारै पिच्छे पाइन्छ । अब नियमित उठान हुने संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री योगेश भट्टराई बताउनु भयो ।
सुदूरपश्चिमप्रदेशकानौमध्ये डडेल्धुराबोहक अरु सबै जिल्लामा एयरपोर्ट छन् ।

बाजुराको कोल्टी, कैलालीको गेटा र टीकापुर, कञ्चनपुरको मझगाउँ, अछामको साँफेबगर र कमलबजार, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायलमाविमानस्थल छन् । २०४६ को परिवर्तन अगाबै बनेका यी बिमानस्थल तत्कालीन अवस्थामा संचालनमा थिए । मन्त्रीहरुले पटकपटक परीक्षण उडान गर्ने तर नियमित सेवा संचालन नगर्नुले स्थानीय सेवाबाट बञ्चित छन् ।

bb

Leave A Reply

Your email address will not be published.