परशुराम नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण

पदम जोरा, जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण सिबीर संचालन गरेको छ ।

असोज १८ गते देखी सिबीर सुरु गरीएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिएका छन ।
नगरपालिकाको बार्षिक कार्यक्रम अन्तरगत आपाङ्गता सिबीर संचालन गरीएको परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराले बताईन ।
नगरवाशीलाई घरदैलोमे जनमैत्री सेवा दिने उद्देश्यका साथ सिबीर १८ गते देखी संचालन भएको बोहराले गाउँघरन्यूजलाई बताईन ।
विगतका बर्षहरुमा परिचयपत्र लिन छुटेका नागरीकहरुलाई राहत स्वरुप नगरपालिकाको घरदैलोमै सिबीर संचालन गरी परिचयपत्र वितरण गरी रहेको नगर प्रमुख भिम बहादुर वताए ।
परशुराम नगरपालिका वडा.न २ र ३ लाई लक्षित वडा न. ३ मा १८ जना , वडा. ६ , ७ र ८ का लक्षित सिबीरमा २४ जना वडा.न ५ लक्षित सिबीरवाट १७ जनाले सेवा लिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए ।
सिबीर असोज असोज २१ गते वडा.न. १० र ११ का लागि वडा.न १० को कार्यालय कुर्मुल्लेमा , असोज २२ गते वडा.न ९ का लागि गाईवाद्वेमा असोज २३ गते वडा.न. ६, १ , १२ र ४ का लागि जोगबुढा अस्पतालमा सिबीर संञ्चालन गरीने पनेरुले जानकारी दिनु भएको छ । छुटपिट व्यक्तिहरुले असोज २३ गते जोगबुढा अस्पताल वाटै परिचय पत्र प्राप्त गर्न सकिने जोगबुढा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले जानकारी दिए । सिबीर असोज २३ गते सम्म सञ्चालन हुनेछ, उनले थपे ।

bb

Leave A Reply

Your email address will not be published.