पदम जोरा,आलिताल
आलिताल गाउँपालिका, युएनडिपी सिड्स नेपालको सहजिकरणमा सन्चालित सामाजिक आर्थिक पुर्नलाभ परियोजनाले आलिताल गाउँपालिका वडा न. ७ को बलौंचाका बाढि पिडीतलाई ३०० थान झुल वितरण गरेको छ ।
वडा.न ७ का अध्यक्ष बिर बहादुर बोहराको सभापतित्व तथा गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङको प्रमुख आतिथ्यता र वडा.न ४ का वडाअध्यक्ष चन्द्रदेब बोहराको बिशिष्ठ आतिथ्यतामा सामाजिक र भौतिक दुरी कायम गरी स्वास्थ्य सर्तकतका मापदण्डहरु अपनाई उक्त समुदायका १२३ जनालाई ३०० थान झुल वितरण गरीएको सिड्स नेपाल आलितालका पशुसेवा प्राबिधिक हर्क वहादुर बिष्टले गाउँघर न्यूजलाई जानकारी दिएका छन ।
साउनको अन्तीम सातातिर वडा न. ७ मा पहिरो जादाँ स्थानीयहरु बाढि र पहिराको चपेटामा परेका थिए । स्थानीयको गाईगोठ, घर , जमीन पहिरोमा पुरीएको थियो ।
स्थानीयहरुले सामुदायिक भवन र आफन्तकोअश्रयमा बसी रहेको वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहराले जानकारी दिए ।
बिभिन्न दातृनिकाय र गाउँपालिकाको अर्थिक सहयोगमा पिडीतहरुले बल्ल तल्ल गासँवासको व्यवस्थापन भईरहेको छ । गाउँपालिकाले वाढि पिडीत वस्तीमा प्राथमिकताका साथ कार्यक्रम संचालन गरने वडा.न ७ का अध्यक्ष विर बहादुर बोहराले बताए । गाउँपालिकामा सिड्स नेपालले कृषि, उद्यमी, जिवीकोपार्जन, शिक्षा, स्वास्थ्य, सरसफाई, पशुपालन अन्तरगत गाई पालन बंगूरपालन ,लोकल कुखुरा पालन, आलू खेती बहुउदेशिय नर्सरी आदिको क्षेत्रमा संस्था क्रियाशिल रहेको गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले गाउँघरन्यूज लाई बताए ।
