परशुराम ६ छेलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

पदम जोरा, जोगबुढा –असोज १३

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा.न. ६ छेलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरीएको छ । सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण र सिमामा हुने अपराधीक गतिविधिलाई नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक हरीशंकर बुढाथोकीले बताए ।
परशुराम नगरपालिकाको वडा.न ६ छेलामा मंगलवार बाहिनीपति बुढाथोकी र परशुराम वडा.न. ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंहले संयुक्त रुपमा पोष्ट स्थापना उद्घाटन गरेका छन् ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ५ परीगाउँ, परशुराम वडा नं. ३ तल्लो शिर्ष, वडा नं. ७ साँदनीमा सिमानाकमा समेत पोष्ट स्थापना भई सकेकोमा सोही अन्तरगत वडा नं.६ छेलामा बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले बताए ।
उनले भने डडेल्धुरा जिल्लाका विभिन्न सिमानाकाहरुमा ५ वटा विओपी स्थापना गर्ने निर्णय भएको अनुसार आज विओपि स्थापना पुरा भएको भट्टले बताए ।
छेलामा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सिमा क्षेत्रमा बस्ने नागरीकहरुको शान्ती , सुरक्षा, सिमा क्षेत्रमा हुने विभिन्न अपराधिक गतिबीधी , भन्सारछली, चोरी तस्करी , पैठारी नियन्त्रण तथा राष्ट्रिय सिमाहरुको सुरक्षा हुने वडा.अध्यक्ष खगेन्द्र वहादुर सिंहले गाउँघरन्युजलाई बताए ।
वडा. ६ को सिमानाकामा विओपि स्थपना हुदाँ आफुहरुलाई शान्ती सुरक्षाको अनुभुती भएको स्थानीय रमेश पनेरुले बताएका छन । बिशेस गरी भन्सारछलीमा चारेी पैठारी नियन्त्रण हुने अर्का स्थानीय रोहीत जैशीले बताए ।
दुई साता अगाडी वडा.न ७ सादनीमा विओपी स्थापना भई सकेको भए पनि वडा अध्यक्ष केसव बोहराले आफु खुसी सिमानाकामा पोष्ट स्थापना न गराई गाउँमा पोष्ट स्थापना गरेको भन्दै स्थानीयहरुले आलोचना गरी रहेका छन । सिमा सुरक्षाका लागि पोष्ट सिमानाकामानै हुनु पर्ने स्थानीयहरुको माग रहेको छ । तल्लो शिर्स जस्तो विकटमा बस्न सक्ने सादनीको सिमानाकामा बस्न न सक्ने कदापी हुन नसक्ने स्थानीयहरुले गुनासो गरेका छन ।

bb

Leave A Reply

Your email address will not be published.