पदम जोरा, भागेश्वर डडेल्धुरा
डडेल्धुराको भागेश्वर १ रुपालको सेल्टनामा सशस्त्र प्रहरी वल नेपालको बोर्डर आउट पोष्ट स्थापना गरीएको छ ।
सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण र सिमामा हुने अपराधीक गतिविधिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक हरीशंकर बुढाथोकीले बताए ।
राज्यले संगठनलाई दिएको सिमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा बस्ने प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।
भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुनामा सोमबार बाहिनीपति बुढाथोकी र भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कमारी भट्टले संयुक्त रुपमा पोष्ट स्थापनाको उद्घाटन गरेका छन् ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ५ परीगाउँ, परशुराम वडा नं. ३ शिर्ष, वडा नं. ७ साँदनीमा सिमानाकमा समेत पोष्ट स्थापना भई सकेकोमा सोही अन्तरगत सोमबार भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुनामा बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले बताए ।
उनले भने डडेल्धुरा जिल्लाका विभिन्न क्षेत्रमा ५ वटा विओपी स्थापना गर्ने निर्णय भएको र ४ वटा स्थापना गरी सकेको छौ अव भागेश्वरको सेल्टुनामा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सिमा क्षेत्रमा बस्ने मानिसहरुको सुरक्षा हुने र सिमा क्षेत्रमा हुने विभिन्न अपराध, भन्सार छली, चोरी तस्करी नियन्त्रण तथा राष्ट्रिय सिमाहरुको सुरक्षा हुने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला कुमारी भट्टले गाउँघरन्युजलाई बताईन । आफ्नो वडामा सिमानाकमा पोष्ट स्थपना हुदा आफुहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती भएको वडा.न १ का स्थानीय योगेन्द्र जोराले वताए ।
