मनकारी घरधनी ‘करन जोरा’ले गरे दुई महिनाको घरभाडा छुट

मानबीय धर्म पनि निभाउन संकटका बेला सहयोग

पदम जोरा, डडेल्धुरा


डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका १ रुपाल घर भई डडेल्धुरा सदरमुकाममा ब्यवसाय गर्दै आएका मनकारी घरधनी करन जोराले भाडामा वस्नेहरुलाई २ महिनाको घरभाडा छुट दिएका छन ।
विश्व महामारीको रुपमा फैलिएको कोविड –१९ कोरोना भाईरसका कारण आफ्नो व्यापार,ब्यवसाय, शिक्षा। रोजगारी ठप्प रही अर्थ संकट परेका घरभाडा छुट दिएको उनले बताए ।
२०७६ चैत्र ११ गते देखी देशव्यापी लकडाउन अर्थात वन्दाबन्दी रहेकोमा सर्वसाधारलाई समस्या भएको छ । सोही समस्यालाई मध्यनजर गरी घरभाडा छुट दिएको उनले गाउँघरन्युजलाई बताए ।
आफ्नो घरका २ कोठा भाडामा रहेको समेत उनले जानकारी दिए ।
आफुपनि लामो समय सम्म कोठाभाडामा बसेको अनुभव सुनाउदै उनले  स्वरुप २ महिनाको भाडा छुट गरेको वताए ।
२ महिनाको हुन आउने घर भाडाले समेत उहाँहरुलाई केही हद सम्म राहत हुने भएकाले आफुले उक्त निर्णय गरेको वताए ।
यस भन्दा पहिला भागेश्वर ३ बोकटा घर भई डडेल्धुरामा व्यवसाय गर्ने लक्ष्मी मनी ट्रान्फरका संचालकले समेत लकडाउनको अवधीको घरभाडा छुट गरेका थिए ।

bb

Leave A Reply

Your email address will not be published.