पदम जोरा ,जोगबुढा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ शीर्षबाट अवैध काठसहित २ जना पक्राउ परेका छन् ।
आसयको फोटो
उनीहरूलाई परशुरामधाम सव डिभिजन वन कार्यालय र ईलाका प्रहरी कार्यालय जोगबुडाको सयुक्त टोलीले शुक्रबार राति ११ बजे ट्याक्टरमा काठ ओसारी रहेको अवस्थामा पक्राउ गरेको परशुरामधाम सव डिभीजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए ।
‘बरामद गरिएको काठ अहिले हाम्रो कार्यालयमा सुरक्षित साथ राखेका छौँ।’ उनले भने,’नियन्त्रणमा लिइएका दुईजना ईलाका प्रहरी कार्यालयमा छन । थप अनुसन्धानका लागि जिल्ला पठाउछौँ।’ अहिले मुचुल्का बनाउने काम भईरहेको केसीले बताए ।
