गाइबाद्वे लिपना सडकको कालोपत्रे सुरु : मन्त्री बोहरा द्धारा उद्घाटन

पदम जोरा, जोगबुढा

प्रदेश गौरबको योजनामा रहेको कञ्चनपुर डडेल्धुरा बझाङ सडक अन्तरगत डडेल्धुराको गाईबाट्ट हुदै लिपना जोड्ने सडक कालोपत्रे हुने भएको छ ।
बुधmवार उक्त सडकखण्डको कालोपत्रे सिलन्यास सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा गरेका छन ।
सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले सडक नभएका बेला हाम्रा पूर्खा अग्रजहरुले हिड्ने गरेको छोटो मार्गलाई प्रदेश सरकारले गौरबको योजनामा प्राथमिकताकासाथ निर्माण थालेको बताएका छन ।
‘यो सडकमार्ग तराईदेखि पहाड हुँदै हिमाल जोड्ने प्रदेशमै सबैभन्दा छोटो राजमार्ग बन्ने भएकाले अबको ३ वर्षमा यस राजमार्गको अधिकान्स काम सम्पन्न हुने गरि काम अगाडि बढाइएको उनले बताएका छन ।’
सुदूरपश्चिम प्रदेश सरकारको गौरबको योजना दैजी–जोगबुडा , चिरकिट्टे–बेलापुर–ढुंगाड–देउराको कामले तिब्रता पाएको छ ।
प्रादेशिक गौरवको सडक योजना अन्तरगत दैजी–लिपना सडकखण्ड कालोपत्रेका लागि बेस बिच्छ्याउने काम भैरहेको र चालू आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने मन्त्री बोहरालेबताएका छन ।
गाईबाधे—जोगबुढा, चिरकिट्टे—घटाल हुदै आईतबजार–किर्तिपुर खण्डको ट्याक खोलेको र स्तरोन्नतिका लागि काम अगाडि बढाउने तयारि भैरहेको उनले बताए
उता पोखरा–बेलापुर ढुङ्गाड सडकखण्डको पोखरादेखि नवदुर्गा सम्म १० किलोमिटर सडक कालोपत्रे भैइरहेको र त्यस अगाडी ढुङ्गाड–देउरा खण्डको सम्भाव्यता अध्ययन गरि यसै वर्ष ट्र्याक ओपन गर्ने कार्य अगाडि बढाईने उनले बताएका छन ।

bb

Leave A Reply

Your email address will not be published.