डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु

गाउँघर समाचार, डडेल्धुरा । डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो ।
श्वासप्रश्वासको बिरामी भएर डडेल्धुरा अस्पतालमा भर्ना भएका उनलाई चेकजाँच गर्दा कोरोना पुष्ठी भएको थिए । अस्पतामा चेकजाँचकै क्रममा उनको मृत्यु भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए । डडेल्धुरामा कोरोनाबाट यो पहिलो मृत्यु हो ।
ती पुरुषलाई बुधबार दिउँसो गाउँपालिकाको एम्बुलेन्स मार्फत अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याउदा उनको अवस्था गम्भीर थियो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए ।

bb

Leave A Reply

Your email address will not be published.