लक्षित बर्गको न्यायमा पहुंच वढाउदै MPDS डडेल्धुरा

पदम जोरा, डडेल्धुरा

डडेल्धुरा जिल्लामा विगत लामो समय देखी सामाजिक क्षेत्रमा क्रियाशिल बहुउद्देश्यीय बिकास समाज MPDS डडेल्धुराले लक्षित बर्ग र समुदायको न्यायमा पहुंच बृद्विमा सकृयता बढाएको छ ।
तालिम, चेतनामुलक कार्यक्रम , बहस, सम्वाद, रेडियो सन्देश सडक नाटकका माध्यमवाट लक्षित समुदायको न्यायामा पहुँच बृद्वि भई रहेको संस्थाका कार्यकारी निर्देशक प्रेम बहादुर महरले बताए ।
एफएम डि.सि कैलालीको सहकार्य तथा यु.एन.डि.पि को सहयोगमा MPDS डडेल्धुराले मंगलवार देखी न्यायीक क्षमता अभिबृद्वि विषयक तालिम संचालन गरीएको महरले बताए ।
जिल्ला समून्वय समिति डडेल्धुराका संयोजक गणेश राज भट्टको प्रमुख आथित्यता तथा भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्ट र अमरगढी नगरपालिका उप–प्रमुख संगिता भण्डारीको आतिथ्यतामा तालिम उद्घटान भएको हो ।
लक्षित समुदायका अपाङ्गता भएका , दलित, जनजाती पछिपारीएका , महिला र सिमान्तकृत समुदायको न्यायमा पहुंच बढाउने उद्देश्यका साथ तालिम संचालन गरीएको महरले बताए ।
लक्षित बर्गका समुदायहरु लाई कानुनी सहायताका साथै लैगींक हिंशाका बारे अधिबक्ता रोहित देउवा र अधिबक्ता युबराज जोशीले कानुनी प्रावधानका बारे जानकारी गराई रहनु भएको छ । उक्त तालिम वाट न्यायको पहुच बढ्ने र पछाडी परेकाहरुको न्यायमा पहुच बढ्ने महरले गाउँघरन्यूज लाई बताए ।

bb

Leave A Reply

Your email address will not be published.