जेसीवी दुर्घटना घटना बङग्याएको भन्दै नगर–प्रमुख बिष्टको अपत्ती

धुर्व विष्ट, बुङगल बझाङ

बझाङ जिल्लाको बुङल नगरपालिका वडा.न. १ दहवगरमा जेसीबी दुर्घटनाको घटना बङ्ग्याएको भन्दै नगर प्रमुख विष्टले आपक्ति जनाएका छन ।
कालङगा हाईड्रोपावरको जेसिबी दुर्घटनामा ज्यान गुमाएका महेन्द्र माद्यमिक बिद्यालयमा कार्यरत शिक्षक मान बोहरा प्रति बिष्टले श्रद्वाञ्जली व्यक्त गरेका छन । नगरपालिकाको वडा १ दहबगर किर्केट मैदान नजिक जेसिबी दुर्घटना हुदाँ शिक्षक बोहराको मृत्यु भएको थियो । चालक सहित अन्य केही ४ जना श्रमिक र स्थानीय घाईते भएका थिए ।


नगर–प्रमुख विष्टले घाईतेको सिग्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
मृतकका परिवार प्रति बिष्टले सम्वेदना समेत ब्यक्त गर्दै क्षतीपुर्ति र घाईतको उपचारका लागि हाइड्रोपावर संग कडाईका साथ प्रस्तुत भएको विष्टले बताए ।
जेसिबी दुर्घटनामा ज्यान गुमाएका शिक्षक बोहराका परिवारलाई कालङगा हाइड्रोपावरले क्षतीपुर्ति दिने र घाईतोको उपचार समेत गर्ने सहमती भएको विष्टले बताए ।
उक्त जेसीबी कालङगा हाईड्रो पावरको रहेको प्रष्ट पार्दै नगर प्रमुख बिष्टले जेसीबी नगर–प्रमुखले रातीको समयमा माग गरेको भनी केही व्यक्तिहरुले सामाजिक संजाल, अनलाईन र संचारमाध्यममा अतीरंजित पारी सत्य तथ्य नबुझि प्रकासन र प्रशारण गरेको प्रति विष्टले आपत्ति जनाएका छन ।


सामाजिक संजाल प्रयोग कर्ता, संचारकर्मीहरुलाई सत्थ, तथ्य बुझेर समाचार सम्प्रेसण गर्न उनले प्रेस बिज्ञप्ती मार्फत आग्रह गरेका छन । बर्षादको समयमा सडक सफाई गर्न , खाल्डा खुल्डी पुर्न परे पनि नगरपालीका संग आफ्नै जेसवी छ , किन भाडामा लिनु । किन रातीमा समयमा बोलाउनु । किन कालङगा हाईड्रो पावलाई गुहार्नु यो सव वदनीयत गर्ने चलखेल हो उनले फेरी थपेका छन ।

bb

Leave A Reply

Your email address will not be published.